राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका तत्काली उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि लागेको २० करोड प्रकरणको आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

तामाङमाथि प्रधानमन्त्री ओलीनिकट मानिने महेश बस्नेतले सार्वजनिक रुपमै आरोप लगाएकाले छानविन आवश्यक रहेको उनले बताएका छन् । रावलले बस्नेतमाथि बर्खास्तगीमा परेका तामाङले लगाएको आरोप पनि छानविन हुन आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीनिकट एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्ण बहादुर तामाङले २० करोडको खेल गरेको सार्वजनिक रूपमाआरोप लगाएका छन् भने पदमुक्त राज्यमन्त्रीले बस्नेतमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्तो गम्भीर कुराको छानबीन हुनुपर्दैन र ? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो ?’ प्रश्न गर्दै उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीनिकट मानिने नेता बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई लिएर तत्कालीन उर्जा राज्यमन्त्री तामाङले आफ्नै पार्टीका नेतासँग २० करोडको डील गरेको आरोप लगाएका थिए । आफूमाथिको आरोपमा जवाफ फर्काएका नेता तामाङले बस्नेतलाई बलात्कारीको संज्ञा दिएका छन् ।

96 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal