नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।

उनी आज दिउँसो १ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले पक्राउ गरेकोबारे पुष्टि गरे।

प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेको थियो। उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले किन पक्राउ गरिएको भन्ने आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्।

‘एक बजेतिर उहाँ (रशेम चौधरी)लाई पक्राउ गरिएको भन्ने थाहा पाएको छु। किन पक्राउ गर्‍यो भन्ने खुलेको छैन। हामी पनि अचम्मामा परेका छौँ’, उनले भने।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका उनी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए। आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। त्यसको सुनाइ अझै भएको छैन।
यसैवीच, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।

 

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal