नाउपाका संस्थापक तथा संरक्षणक रेशम चौधरी पक्राउ, एकता घोषणा सभा स्थगित

२०८२ बैशाख १७ गते, बुधबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी पक्राउ परेका छन्।

उनी आज दिउँसो १ बजेतिर नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले पक्राउ गरेकोबारे पुष्टि गरे।

प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेको थियो। उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगिएको छ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धर्मबहादुर चौधरीले किन पक्राउ गरिएको भन्ने आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन्।

‘एक बजेतिर उहाँ (रशेम चौधरी)लाई पक्राउ गरिएको भन्ने थाहा पाएको छु। किन पक्राउ गर्‍यो भन्ने खुलेको छैन। हामी पनि अचम्मामा परेका छौँ’, उनले भने।

२०७२ सालमा टीकापुरमा भएको हिंसात्मक घटनामा दोषि ठहर भएका उनी २०८० सालमा गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर छुटेका थिए। आममाफीविरुद्ध सारदा बोहोरा कठायतले रिट दर्ता गराएकी थिइन्। त्यसको सुनाइ अझै भएको छैन।
यसैवीच, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा सभा स्थगित भएको छ ।

 

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal