राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौं । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका तत्काली उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङमाथि लागेको २० करोड प्रकरणको आरोपमाथि छानविन गर्न माग गरेका छन् ।

तामाङमाथि प्रधानमन्त्री ओलीनिकट मानिने महेश बस्नेतले सार्वजनिक रुपमै आरोप लगाएकाले छानविन आवश्यक रहेको उनले बताएका छन् । रावलले बस्नेतमाथि बर्खास्तगीमा परेका तामाङले लगाएको आरोप पनि छानविन हुन आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीनिकट एमाले पोलिटव्युरो सदस्य महेश बस्नेतले गभर्नर नियुक्तिका लागि हालै पदमुक्त राज्यमन्त्री पूर्ण बहादुर तामाङले २० करोडको खेल गरेको सार्वजनिक रूपमाआरोप लगाएका छन् भने पदमुक्त राज्यमन्त्रीले बस्नेतमाथि गम्भीर प्रश्न उठाएका छन्। यस्तो गम्भीर कुराको छानबीन हुनुपर्दैन र ? कि गठबन्धन सरकारको सुशासन भनेकै यस्तै खेलको झेल हो ?’ प्रश्न गर्दै उनले भनेका छन् ।
प्रधानमन्त्री ओलीनिकट मानिने नेता बस्नेतले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई लिएर तत्कालीन उर्जा राज्यमन्त्री तामाङले आफ्नै पार्टीका नेतासँग २० करोडको डील गरेको आरोप लगाएका थिए । आफूमाथिको आरोपमा जवाफ फर्काएका नेता तामाङले बस्नेतलाई बलात्कारीको संज्ञा दिएका छन् ।

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal