माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपालमा ७०० बढी सहभागी

२०८१ चैत्र २९ गते, शुक्रबार

काठमाडौँ । माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५ मा ७०० जना भन्दा बढी सहभागी भएका छन् ।

राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) सँग सहकार्य गरी गत मङ्गलवार (८ अप्रिल) का दिन आयोजित फेस्टिभलमा पोखरा र काठमाडौँमा गरी ५०० भन्दा बढी र दाङमा २०० भन्दा बढी सहभागी भएको केन्द्रका कार्यक्रम अधिकृत इन्द्र ओलीले जानकारी दिए।

पोखराको पोखरा इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन डा कपिल अधिकारी तथा माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर हरि कृष्ण न्यौपानेले कृत्रिम बुद्धिमत्ता एआई का सम्भावना, चुनौती तथा जिम्मेवार एआई लगायतका विषयमा प्रस्तुति दिएका थिए। त्यस्तै दाङको ज्ञानदीप कलेज तथा राप्ती इन्जिनियरिङ कलेजमा तथा काठमाडौँको सनवे कलेज तथा सगरमाथा कलेज अफ साइन्स एन्ड तेक्नो टेक्नोलोजीमा प्रत्यक्ष प्रशिक्षण कार्यक्रमहरू आयोजना गरिएका थिए।

अप्रिल ८ को कार्यक्रममा भाग लिने सबै सहभागीहरू ५० दिनको निस्शुल्क एआई सिकाइ तथा शिक्षण यात्रामा सहभागी हुन पाउनेछन् । अप्रिल ८ को उद्घाटन समारोहपछि एआई स्किल्स फेस्ट थप ५० दिनसम्म ९मे २८ सम्म० जारी रहनेछ । विद्यार्थी, शिक्षक, व्यवसायी, टेक पेशेवर लगायत एआईबारे जानकारी लिन चाहने जो कोहीले रोचक र चुनौतीपूर्ण तालिमहरू लिन पाउनेछन् ।

चर्चित प्रविधि कम्पनी माइक्रोसफ्टले विश्वव्यापी रूपमा आयोजना गरेको माइक्रोसफ्ट एआई स्किल्स फेस्ट २०२५ अस्ट्रेलियामा बिहान ९ बजे सुरु भई अमेरिकामा बेलुका ४ बजे सम्पन्न भएको थियो। उक्त २४ घण्टे विश्वव्यापी कार्यक्रममा आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० सम्बन्धी सिकाइ गतिविधिहरू समावेश गरिएका थिए।

कार्यक्रम आयोजना गरेर माइक्रोसफ्टले २४ घण्टाभित्र सबैभन्दा धेरै प्रयोगकर्ताले एआईसम्बन्धी ज्ञान लिने गिनिज वर्ल्ड रेकर्ड्सुको उपाधि हासिल गर्न प्रयास पनि गरिरहेको छ ।यो विश्वव्यापी उत्सवको हिस्सा बन्न माइक्रोसफ्टले संसारभरिका युवाहरूलाई आह्वान गरेको छ ।

सिकाइ यात्रामा ह्याकाथन, प्रत्यक्ष तथा भर्चुअल तालिम, आफ्नो उपयुक्त समयमा अध्ययन गर्न सकिने सामग्री, मागअनुसार तालिम, सामुदायिक कार्यक्रम, ुमाइक्रोसफ्ट लर्न च्यालेन्जेजु लगायतका थुप्रै गतिविधिहरूमा सहभागी हुन सकिने माइक्रोसफ्ट युकेका प्रिन्सिपल इन्जिनियर तथा राष्ट्रिय आविष्कार केन्द्र नेपालका सल्लाहकार हरिकृष्ण न्यौपानेले जानकारी दिए ।

उनले नेपालमा उक्त फेस्टिभल सफल बनाउन सहयोग गर्ने विभिन्न कलेजहरू, शिक्षक, विद्यार्थी, आइटी उद्यमी लगायत सबैलाई धन्यवाद पनि दिएका छन्।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal