राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटको अधिवेशनको भव्य तयारी, सयौं कलाकर्मीहरुको एकता रहने
काठमाडौ । भोली आइतबार तामाङ प्लाजा रिसोर्ट बट्टार नुवाकोटमा हुने राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति नुवाकोटको ७औं वार्षिक साधारणसभा, चौथो जिल्ला अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको छ ।
जिल्ला भित्रका सम्पुर्ण कलाकर्मी एवम् कलाकारहरुको एकताको निमित्त यो कार्यक्रम निकै महत्त्वपूर्ण भएको मानिन्छ । कार्यक्रममा जिल्ला भित्रका सम्पुर्ण कलाकारहरु संस्थामा आवद्ध रहेर एकताको सन्देश पनि दिने आयोजक टिमले बताएको छ । कार्यक्रम अध्यक्षका रुपमा संस्थाका जिल्ला बरिस्ठ उपाध्यक्ष कलाकार कुमार लामा र प्रमुख व्यवस्थापक भने कलाकार नायक छिरिङ तामाङले सम्हाल्दै कार्यक्रमको तयारी पूरा भएको जानकारी गराएका छन् । उक्त कार्यक्रममा सल्लाहकारका रुपमा संस्थागत व्यवस्थापन सहयोग भने बागमती प्रदेश सचिव करण तामाङले गरिरहेको छ । ूहाम्रो कला र संस्कृति गौरवपुर्ण सान कलाकर्मीको उत्थानको लागि हाम्रो अभियानू नारालाई अघि सार्दै सम्पुर्ण कलाकर्मीहरुको निमित्त वि।सं २०६२ सालमा स्थापना भएको संस्था राष्ट्रिय संगीतकर्मी संघ नुवाकोट जिल्ला कार्यसमिति भने २०७४ मा विस्तार गरिएको थियोे । नुवाकोटमा मात्र हैन नेपालको ७७ वटै जिल्ला, दुबई, कोरिया, अमेरिका, बेलायत, मलेसिया लगायतका देशहरुमा पनि शाखाहरु विस्तार गरिसकेको छ ।
नुवाकोट जिल्ला कार्यसमितिले अघिल्लो अधिवेशन पनि बट्टारमै सम्पन्न गरेका थिए । नुवाकोट जिल्ला भित्रका गाउँ तथा नगरपालिकामा पनि २०७६ बाट विस्तार सुरु गरिएको छ । नुवाकोट भित्र रहेका सम्पुर्ण कलाकर्मीहरुको एकताको निमित्त पनि यो संस्था आवश्यकता देखिन्छ । कार्यक्रम २४ गते बिहान ९ बजेबाट सुरु हुने बताइएको छ । कार्यक्रममा प्रमुख सम्बोधन पुर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङले गर्ने भएको छ भने सँगसँगै विशेष अतिथिका रुपमा बागमती प्रदेश सभा सदस्य रमेश कुमार महत र पुर्व बागमती प्रदेश सभा सदस्य बद्री मैनाली रहेको बताएको छ ।
ताजा
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
इक्यानले सोमबार एजुकेशन फेयर लगाउने
२०८२ मंसिर २१ गते, आईतवार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबार
गगन थापाद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
२०८२ मंसिर १७ गते, बुधबार
कुलमानले आज उज्यालो नेपाल पार्टी घोषणा गर्दै
२०८२ मंसिर १७ गते, बुधबार
चर्चित र्यापर भाइबर साइमनको नयाँ गीत “मस्त जवानी” को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
२०८२ मंसिर १७ गते, बुधबार
तोकिएकै समयमा निर्वाचन हुन्छः गृहमन्त्री अर्याल
२०८२ मंसिर १६ गते, मंगलवार
नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई अझ विग्रहमा लैजान्छः भट्टराई
२०८२ मंसिर १६ गते, मंगलवारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





