राम नवमीमा बबिना भट्टराईको राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडियो सहित)
काठमाडौं । भगवान श्री राम हिन्दू धर्मका एक प्रमुख भगवानका रुपमा हिन्दुहरुले पुज्ने गर्दछन् । हामी हिन्दुहरु भगवान रामलाई धर्म, निष्ठा, मर्यादा, र आदर्श पुरुषको प्रतिकका रूपमा मान्दछौ । भगवान रामलाई “मर्यादा पुरुषोत्तम“ मानिन्छ जसको अर्थ हो – मर्यादा अर्थात नैतिकता र कर्तव्य पालन गर्ने सर्वोत्तम व्यक्ति । भगवान रामको जीवनले मानिसलाई इमान्दारिता, धैर्य, आदर र कर्तव्यपरायणताको मार्ग देखाउँछ । भगवान रामको चरित्रले भक्ति मार्गमा समर्पणको महत्व देखाउँछ । हनुमान जस्ता भक्तहरूले उहाँप्रति अटूट श्रद्धा देखाए, जसले भक्त र भगवानबीचको सम्बन्धलाई उजागर गर्छ । भगवान रामको जीवन सत्य, धर्म, कर्तव्य, आदर्श, र प्रेमको उत्कृष्ट उदाहरण हो । भगवान रामको शिक्षालाई आफ्नो दैनिक जीवनमा अपनाएमा मानिसले एक अनुशासित, नैतिक, र सफल जीवन जिउन सक्छ। रामायण केवल एउटा धार्मिक ग्रन्थ मात्र नभई, जीवन जिउने सही तरिका सिकाउने मार्गदर्शक पनि हो ।
रामायणका कथा अनुसार, भगवान रामले आफ्नो व्यक्तिगत चाहनाभन्दा समाज र धर्मको कर्तव्यलाई प्राथमिकता दिनुभयो । पिता दशरथको वचन पूरा गर्न १४ वर्षको वनवास स्वेच्छाले स्वीकार गर्नु, राज्यको मोह त्याग्नु र सच्चा राजधर्मको पालन गर्नु आजको समाजका लागि प्रेरणादायक छ । त्यसै गरि भगवान रामबाट हामी परिवार र समाजप्रति उत्तरदायित्वबोध गर्न सक्दछौं । भगवान रामले पारिवारिक निष्ठा, भाइचारा, र समाजप्रतिको दायित्वलाई उच्च स्थान दिनुभयो । उहाँ र माता सीताको सम्बन्धले आदर्श दाम्पत्य जीवनलाई प्रतिनिधित्व गर्छ, र लक्ष्मणसँगको सम्बन्धले भाइचारा अर्थात् भ्रातृप्रेमको उत्कृष्ट उदाहरण प्रस्तुत गर्छ ।
एउटा समृद्ध राज्यको उदाहरणको रुपमा हामी रामराज्यलाई लिने गर्दछौ । रामराज्य भन्ने अवधारणा न्यायपूर्ण शासनको प्रतीक हो । भगवान रामले सबै नागरिकलाई समान न्याय दिएर एक आदर्श राजा बन्नुभयो । उहाँको चरित्रबाट आजका नेताहरूले नैतिक नेतृत्वको पाठ सिक्न सक्छन् ।
हामी मानव जीवनमा दुःख, कष्ट र समस्या हुन्छ भन्दछौ र आँफूले भोगेका यी भोगाईहरुलाई समस्याका रुपमा लिन्छौ । हामी भगवान रामबाट दुःखमा धैर्य राख्ने पाठ सिक्न सक्छौ । भगवान रामले आफ्नो जीवनमा धेरै कठिनाइहरू भोग्नु पर्यो । १४ वर्ष वनवास, सीताको हरण, युद्ध आदि । तर, उहाँले सधैं धैर्य, सहनशीलता र विवेकको सहारा लिनुभयो। हामी पनि जीवनमा आउने कठिन परिस्थितिहरूलाई सहन र समाधान गर्न सक्ने प्रेरणा उहाँबाट लिन सक्छौं।
भगवान श्री राम भक्ति र आत्मसमर्पणको पनि प्रतिक हुनुहुन्छ । भगवान रामको चरित्रले भक्ति मार्गमा समर्पणको महत्व देखाउँछ । हनुमान जस्ता भक्तहरूले उहाँप्रति अटूट श्रद्धा देखाए, जसले भक्त र भगवानबीचको सम्बन्धलाई उजागर गर्छ । भगवान रामको जीवन सत्य, धर्म, कर्तव्य, आदर्श, र प्रेमको उत्कृष्ट उदाहरण हो। उहाँको शिक्षालाई आफ्नो दैनिक जीवनमा अपनाएमा मानिसले एक अनुशासित, नैतिक, र सफल जीवन जिउन सक्छ। रामायण केवल एउटा धार्मिक ग्रन्थ मात्र नभई, जीवन जिउने सही तरिका सिकाउने मार्गदर्शक पनि हो। रामलाई सधैं मनमा बसाएर सत्य, धर्म, कर्तव्य, आदर्श, र प्रेममय जीवन विताउन सकिन्छ ।
भगवान श्री राम प्रतिका यी र यस्तै महत्व र विशेषता सहितको अत्यन्त श्रवणीय भजन ‘मनमा बसाएर राम’ रामनवमीको पूर्वसन्ध्यामा सार्बजनिक भएको छ । बबिना भट्टराई र सागर अधिकारी ‘शरद’ को सुमधुर स्वर रहेको उक्त भजनमा संगीत बबिना भट्टराईको रहेको छ । भजनमा भगवान श्री राम प्रतिका महिमाका शब्दहरु पनि बबिना भट्टराई आँफैले लेखेकी हुन् । रामनवमी पर्वको विशेष अवसरमा बबिना भट्राईको आफ्नै आध्यात्मिक युट्युव च्यानल श्री भजन्स् मार्फत सार्जजानिक भएको उक्त भजनको ऐरेन्ज विनोद कुमार भुजेलले गरेका छन् । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त सुमधुर राम भजन ‘मनमा बसाएर राम’ को मिक्सिङ र मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।
राम भजन ‘मनमा बसाएर राम’ को भिडियोमा बबिना भट्टराई र सागर अधिकारी ‘शरद’ फिचर्ड छन् । काठमाडौको बत्तिसपुतली स्थित प्रशिद्ध राम मन्दिरमा एजे अजुको निर्देशनमा छाँयाकंन गरिएको उक्त भिडियोको कलर ग्रेडिङ तथा सम्पादन अनिल विष्ट प्युठानीले गरेका हुन् ।
रामनवमीको सन्दर्भ विशेषमा आफ्नै आध्यात्मिक च्यानल श्री भजन्स् मार्फत सार्वजनिक राम भजन ‘मनमा बसाएर राम’ नेपाली भजनप्रेमीहरुले मन पराउने विश्वास लिएको बताउँदै गायिका तथा संगीतकार बबिना भट्टराईले आगामी दिनहरुमा यसै च्यानल मार्फत आफ्ना विविधतायुक्त भजनहरु भजनप्रेमी दर्शक, श्रोताहरु माझ ल्याउने विश्वास व्यक्त गर्दै आफ्नो नयाँ आध्यात्मिक च्यानल श्री भजन्स् लाई सब्स्क्राइव, लाइक, कमेन्ट, शेयर गरि सहयोग गरिदिन पनि आग्रह गरेकी छिन् ।
भगवान प्रति पूर्ण आस्था र विश्वास राख्ने गायिका तथा संगीतकार बबिना भट्टराईका स्वर तथा संगीतमा भगवान श्री कृष्ण, भगवान श्री राम, भगवान महादेव लगायतका विभिन्न भजनहरु विगतका दिनहरुमा बीणा भक्ति युट्व च्यानल मार्फत सार्वजनिक भइसकेका छन् । नेपाली सुगम संगीतमा पनि उनले धेरै गीत, गजलहरुमा आफ्नो सुमधुर स्वर दिएकी छिन् । गायन र संगीत मार्फत धर्म, अध्यात्म र भक्तिमा बबिना भट्टराईले दिएकी योगदान विशेष प्रशंसनीय रहेको छ । आगामी दिनहरुमा पनि भजनद्धारा भगवानको भक्तिभाव र गुणगानलाई निरन्तरता दिई समाजमा अध्यात्म स्थापित गर्न प्रयास गर्ने उनी बताउँछिन् ।
ताजा
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर
२०८३ जेष्ठ १५ गते, शुक्रबार
बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा
२०८३ जेष्ठ १५ गते, शुक्रबार
चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव
२०८३ जेष्ठ १५ गते, शुक्रबार
दीपेन्द्र खड्काको नयाँ लोकदोहोरी गीत ”गुन भुल्ने मायालाई” सार्वजनिक
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज १९औँ गणतन्त्र दिवस, भव्यरुपले मनाइँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
आज बजेट सार्वजनिक हुँदै
२०८३ जेष्ठ १५ गते, शुक्रबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ जेष्ठ १४ गते, बिहीबार
आज बकर इदः देशभर सार्वजनिक बिदा
२०८३ जेष्ठ १४ गते, बिहीबार
‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम
२०८३ जेष्ठ १३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





