तीनकुनेको हिंसात्मक प्रदर्शन संविधान समाप्त पार्ने र व्यवस्था उल्ट्याउने उद्देश्यकबाट प्रेरित थियोः गृहमनत्री लेखक

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत चैत १५ गते राजवादी समूहरुले काठमाडौंको तीनकुनेमा हिंसात्मक, अमानवीय, अमर्यादित र उच्छृङ्खल ढङ्गले कार्यक्रम गरेको बताएका छन् ।

आज प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा उपस्थित भएका गृहमन्त्री लेखकले उक्त हिंसात्मक घटनाको उद्देश्य नै संविधान समाप्त गर्ने र लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने रहेको बताए ।

‘तीनकुनेमा जुन प्रदर्शन भयो, घटना भयो । यसमा कुनै दुविधा छैन । यो प्रदर्शन, यो कार्यक्रम नेपालको वर्तमान संविधानलाई उल्ट्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको, हामीले अवलम्बन गरेको राज्य व्यवस्था, राज्य प्रबन्ध र यो व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो । यदि यो शान्तिपूर्ण, आफ्ना धारणा राख्ने र आलोचना गर्ने, सरकारलाई खबरदारी गर्ने, आफ्ना विचारहरु अभिव्यक्त गर्नेमात्रै उद्देश्यले प्रेरित थियो भन्ने भममा हामी पर्यौं भने यो ठीक हुँदैन । यसको मुख्य उद्देश्य नै संविधानलाई समाप्त पार्ने, लोकतान्त्रिक व्यवस्थालाई उल्ट्याउने थियो,’– गृहमन्त्री लेखकले भने ।

गत फागुन ७ गते प्रजातन्त्र दिवस दिन पूर्वराजाले दिएको अभिव्यक्ति, २५ गतेको प्रदर्शनलगातको पृष्ठभूमिलाई केलाएर हेर्दा पनि तीनकुनेको उक्त हिंसात्मक प्रदर्शन संविधान उल्ट्याउने र व्यवस्था सकाउने उद्देश्यबाट प्रेरित भएको कुरा कहीँकतै नलुकेको उनले बताए ।

मन्त्री लेखकले तीनकुने घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय प्रक्रियामा रहेको र दुवैका परिवारलाई उपलब्ध गराउने निर्णय हुने अन्तिम तयारीमा रहेको बताए । उक्त घटना नियोजित रुपमा भएको पनि मन्त्री लेखकको दाबी छ ।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal