बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बन्योः कुलमान घिसिङ

२०८१ चैत्र २२ गते, शुक्रबार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइन विवादको वक्यौता उठाउने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले पटक–पटक बक्यौता असुलीका लागि लाइन काट्नेलगायतका गतिविधि गरेकोमा माथिल्लो निकायबाट अवरोध सिर्जना र असहयोग भएको बताए । २०८१ चैत ११ गते लाइन विच्छेद गरी रकम असुली गर्ने सहमतिको लागि आफूले विद्युत नियमन आयोगलाई पत्राचार गरेकोमा त्यसलगत्तै पदबाट हटाउने निर्णय भएको उनले बताए । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो । सार्जनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ नेपाली जनता र इतिहासले अगामी दिनमा अवश्य माग्ने छ,’– उनले भने ।

घिसिङलाई मन्त्रिपरिषद्को बैठकले गत चैत ११ गते पदमुक्त गरकेो थियो । मन्त्रिपरिषद्ले हटाउने तयारी गरिहेको दिन पनि आफू मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत चेपाङ समुदायको बस्ती बाल्ने काममा खटिइएको उनले सुनाए । सरकारले जनतालाई भरपर्दो, गुणतस्तरी, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिइरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवं अपमानित गराएको उनले बताए । यस प्रकारको दूराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानिरहेको पनि घिसिङले बताए । उनले नेपाली जनताले दिएको स्नेह र आशिर्वादले आफूलाई कहिले पनि हार्न नदिएको बताए । उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा भएपनिएक जिम्मेवार नागरिकको रुपमा काम, कर्तव्य र अभिभारा कहिल्यै कमी नहुने पनि बताए ।

नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति खनिएको पनि उनले बताए । ‘कसको स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो रु भन्ने विषयमा नेपाली जनता प्रष्ट छन् । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरुले नै सार्वभौम संसद्को रोस्टम कसरी दुरुपयोग गरे रु नेपाली जनता साक्षी हुनुहुन्छ ,’– उनले भने ।

एक इमानदार राष्ट्रसेवकको रुपमा आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम नगरेको पनि उनले बताए । घिसिङले अवसर र अधिकारलाई सदुपयोग गर्दै एक क्षण पनि खेर नफालेको बताए । उनले डेडिकेटेड र ट्रङ्कलाईनको प्रिमियम महसुल प्राधिकरणले लहडमा उठाउन नखोजेको र यसलाई सम्मानित सर्वोच्च अदालतबाट पनि स्वीकृति मिलेको बताए । महशुल उठाउने काममा सक्रिय भइरहेको बेलामा आफूलाई छ पटकसम्म अर्थहीन विषयमा विवरण र तथा स्पष्टीकरण माग गर्ने र हजारौं पृष्ठका कागजात संग्रह गरी विवरण पेश गर्न लगाइ मुख्य कामबाट अल्मल्याउने प्रयन्त गरिएको उनले बताए ।

71 Views

ताजा

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal