प्रतिगामीहरुलाई खबरदारी गर्न काठमाडौं फर्किँदैछौंः प्रचण्ड
बर्दिया । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारलाई जनताले नरुचाएको दाबी गरेका छन् । उनले अहिलेको सरकार विचौलियाले बनाईदिएको आरोप आजपनि दोहोर्याए ।
बर्दियामा आयोजित बेपता योद्धा कृष्ण प्रसाद थारुको स्मृतिमा बनाईएको शालिकको अनावरण गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई असंवैधानिक भनेका छन् । अहिले सरकार जनताको भावनालाई कुल्चिएर हिँडिरहेको टिप्पणी गरे ।
उनले भने, ‘अपारदर्शी तरिकाले सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने काम भयो। त्यो असंवैधानिक र असंवैधानिक छ भनेर मैले भन्दै आइरहेको छु, यो जनताको भावना, आकांक्षा र आवश्यकताको पनि विपरीत छ गलत भएको छ। हामी जनताको साथ जुटाएर भ्रष्टाचारको रक्षा गर्ने, कुशासन कायम गर्ने प्रयासलाई विफल पार्ने संकल्प गरेर हामीले अभियान चलाएको छौँ।’
सो क्रममा उनले काठमाडौंमा फेरि अर्को सशक्त प्रतिवाद गरिने जानकारी गराए । उनले भने, ‘काठमाडौंमा हामीले फेरि अर्को प्रतिवाद गर्नुपर्ने भएको छ, त्यसको लागि आजै हामी काठमाडौं जानुपर्नेछ । काठमाडौंमा पनि लगातार हामीले हस्तक्षेप गरिराख्नुपर्ने छ। नत्र प्रतिगामीहरूले अझै बढी आगजनी, हत्या हिंसा गर्न सक्ने भएकाले हामीले पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौँ। त्यसको तयारी गर्न आजै फर्किँदैछौं।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





