बक्यौता उठाउने प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बन्योः कुलमान घिसिङ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइन विवादको वक्यौता उठाउने आफ्नो प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेको बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै उनले प्राधिकरणले पटक–पटक बक्यौता असुलीका लागि लाइन काट्नेलगायतका गतिविधि गरेकोमा माथिल्लो निकायबाट अवरोध सिर्जना र असहयोग भएको बताए । २०८१ चैत ११ गते लाइन विच्छेद गरी रकम असुली गर्ने सहमतिको लागि आफूले विद्युत नियमन आयोगलाई पत्राचार गरेकोमा त्यसलगत्तै पदबाट हटाउने निर्णय भएको उनले बताए । ‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बन्यो । सार्जनिक संस्थाको बक्यौता उठाउन खोज्ने मेरो प्रयास राज्यविरुद्धको अपराध हो ? यसको जवाफ नेपाली जनता र इतिहासले अगामी दिनमा अवश्य माग्ने छ,’– उनले भने ।
घिसिङलाई मन्त्रिपरिषद्को बैठकले गत चैत ११ गते पदमुक्त गरकेो थियो । मन्त्रिपरिषद्ले हटाउने तयारी गरिहेको दिन पनि आफू मकवानपुरको दुर्गम क्षेत्रमा सीमान्तकृत चेपाङ समुदायको बस्ती बाल्ने काममा खटिइएको उनले सुनाए । सरकारले जनतालाई भरपर्दो, गुणतस्तरी, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारीपूर्वक पूरा गर्ने क्रममा खटिइरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साही एवं अपमानित गराएको उनले बताए । यस प्रकारको दूराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानिरहेको पनि घिसिङले बताए । उनले नेपाली जनताले दिएको स्नेह र आशिर्वादले आफूलाई कहिले पनि हार्न नदिएको बताए । उनले आफू प्राधिकरणको कार्यकारी निर्देशक पदबाट विदा भएपनिएक जिम्मेवार नागरिकको रुपमा काम, कर्तव्य र अभिभारा कहिल्यै कमी नहुने पनि बताए ।
नेपालको कानुनले निर्दिष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति खनिएको पनि उनले बताए । ‘कसको स्वार्थ र सेवामा ममाथि जाइलागेको थियो रु भन्ने विषयमा नेपाली जनता प्रष्ट छन् । प्राधिकरणको कार्यकारी निर्देशकलाई गाली गर्न राज्यका जिम्मेवार व्यक्तिहरुले नै सार्वभौम संसद्को रोस्टम कसरी दुरुपयोग गरे रु नेपाली जनता साक्षी हुनुहुन्छ ,’– उनले भने ।
एक इमानदार राष्ट्रसेवकको रुपमा आफ्नो कार्यकाल समीक्षा गर्दा पछुतो गर्नुपर्ने कुनै काम नगरेको पनि उनले बताए । घिसिङले अवसर र अधिकारलाई सदुपयोग गर्दै एक क्षण पनि खेर नफालेको बताए । उनले डेडिकेटेड र ट्रङ्कलाईनको प्रिमियम महसुल प्राधिकरणले लहडमा उठाउन नखोजेको र यसलाई सम्मानित सर्वोच्च अदालतबाट पनि स्वीकृति मिलेको बताए । महशुल उठाउने काममा सक्रिय भइरहेको बेलामा आफूलाई छ पटकसम्म अर्थहीन विषयमा विवरण र तथा स्पष्टीकरण माग गर्ने र हजारौं पृष्ठका कागजात संग्रह गरी विवरण पेश गर्न लगाइ मुख्य कामबाट अल्मल्याउने प्रयन्त गरिएको उनले बताए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





