दुई वर्षदेखि हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौंः शेखर कोइराला

२०८१ फाल्गुन २४ गते, शनिबार

झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा। शेखर कोइरालाले ठूलो दल भएरपनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको र अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै बनेको टिप्पणी गरेका छन् ।

आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले दुई वर्ष बितिसक्दापनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको भन्दै आक्रोश पोखे । उनले सरकार चलाउनको लागि राजनीतिक संयन्त्र बनाउनु भनेको कांग्रेसले आफ्नो राजनीतिक धारलाई समाप्त पार्नु भएको बताए ।

कोइरालाले भने,‘हामी ठूलो पार्टी हौं, दुई वर्षभन्दा बढी भयो । हामीले सरकारको नेतृत्व पाएका छैनौं । साथीहरू तपाईँहरूले किन नलिएको भन्दै सोधिराख्नुहुन्छ । यो सरकार बन्नुभन्दा पहिले नै मैले ओलीजीसँग कुरा गरेको थिएँ पटकपटक । त्यसबेला उहाँले यो सरकारबाट मुलुक चल्दैन, कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नुहुन्थ्यो, तर अहिले हामी त्यो अवस्थामा छैनौं ।’

कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको टिप्पणी दोहोर्याए । उनले भने,‘अहिले हामी सत्तापक्ष हौं, तर सरकारमा छैनौं । भोलि हाम्रो प्रतिस्पर्धी एमाले नै हो । त्यसैले सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहुन्छ ।’

उनले कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरुले गलत कुरालाई गलत भन्न सक्नुपर्ने सुझाए । उनले नेपाल बनाउन सकिने विश्वास दिलाए । उनले त्यसको लागि क्लिन इनर्जीको लागि काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र गुटबन्दी अति नै भएको भन्दै विरोध जनाए । तर, कार्यकर्ताहरुलाई आफूले अन्याय हुन नदिने कोइरालाको विश्वास दिलाए । १५औं महाधिवेशन समयमै सम्पन्न गर्नको लागि सबैले नेतृत्वसमक्ष दबाब सिर्जना गर्नुपर्ने भन्दै त्यसको लागि सोसल मिडियामार्फत दबाब दिन पनि उनले सुझाव दिए ।

114 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal