दुई वर्षदेखि हामीले सरकारको नेतृत्व गर्न पाएका छैनौंः शेखर कोइराला
झापा । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा। शेखर कोइरालाले ठूलो दल भएरपनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको र अहिले एमाले नेतृत्वको सरकारको सहयोगीमात्रै बनेको टिप्पणी गरेका छन् ।
आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले दुई वर्ष बितिसक्दापनि कांग्रेसले सरकारको नेतृत्व गर्न नपाएको भन्दै आक्रोश पोखे । उनले सरकार चलाउनको लागि राजनीतिक संयन्त्र बनाउनु भनेको कांग्रेसले आफ्नो राजनीतिक धारलाई समाप्त पार्नु भएको बताए ।
कोइरालाले भने,‘हामी ठूलो पार्टी हौं, दुई वर्षभन्दा बढी भयो । हामीले सरकारको नेतृत्व पाएका छैनौं । साथीहरू तपाईँहरूले किन नलिएको भन्दै सोधिराख्नुहुन्छ । यो सरकार बन्नुभन्दा पहिले नै मैले ओलीजीसँग कुरा गरेको थिएँ पटकपटक । त्यसबेला उहाँले यो सरकारबाट मुलुक चल्दैन, कांग्रेसको नेतृत्वमा सरकार हुनुपर्छ भन्नुहुन्थ्यो, तर अहिले हामी त्यो अवस्थामा छैनौं ।’
कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको टिप्पणी दोहोर्याए । उनले भने,‘अहिले हामी सत्तापक्ष हौं, तर सरकारमा छैनौं । भोलि हाम्रो प्रतिस्पर्धी एमाले नै हो । त्यसैले सरकारमा हुने मन्त्रीहरूले सहकार्य गर्नुहुन्छ ।’
उनले कांग्रेसका सबै नेता तथा कार्यकर्ताहरुले गलत कुरालाई गलत भन्न सक्नुपर्ने सुझाए । उनले नेपाल बनाउन सकिने विश्वास दिलाए । उनले त्यसको लागि क्लिन इनर्जीको लागि काम गर्नुपर्नेमा जोड दिए । उनले पार्टीभित्र गुटबन्दी अति नै भएको भन्दै विरोध जनाए । तर, कार्यकर्ताहरुलाई आफूले अन्याय हुन नदिने कोइरालाको विश्वास दिलाए । १५औं महाधिवेशन समयमै सम्पन्न गर्नको लागि सबैले नेतृत्वसमक्ष दबाब सिर्जना गर्नुपर्ने भन्दै त्यसको लागि सोसल मिडियामार्फत दबाब दिन पनि उनले सुझाव दिए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





