नेविसंघद्वारा स्ववियु निर्वाचनको व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन

२०८१ फाल्गुन २४ गते, शनिबार

काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निर्वाचनमा व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन गरेको छ । नेविसंघ स्ववियु निर्वाचन २०८१ घोषणा पत्र समितिका संयोजक विकल राईको सभापतित्वमा बसेको बैठकले विभिन्न १४ वटा उपसमितिहरु गठन गरेको हो ।

समग्र प्राविधिक शिक्षा समन्वय तथा अध्ययन उपसमितिको संयोजक पुजन तिमल्सिना रहेका छन् । नेविसंघ राष्ट्रिय उपलब्धि अध्ययन उपसमितिमा मन्जु विश्वकर्मा, भूगोल बिशेष विद्यार्थी समन्वय तथा अध्ययन उपसमितीमा धन बहादुर बुढा, सुझाव संकलन उपसमितिमा रिजन नरसिंह केसी, त्रिवि सुधार सम्बन्धि नीतिगत अध्ययन उपसमितिमा गोमा राई चयन भएका छन् ।

त्यसैगरी, कानुन संकाय समन्वय उपसमितीमा सपना गौतम, मिडिया समन्वय उपसमितिस् राजेन्द्र रोकाया, बिज्ञान तथा प्रबिधि समन्वय उपसमितिमा चन्द्र उप्रेती, त्रिभुवन विश्वविद्यालय समन्वय तथा अध्ययन उपसमितिमा सुशील पोखरेल, प्रबिधि व्यवस्थापन उपसमितिमा साम्राज्य राज आचार्य, चिकित्सा शिक्षा समन्वय उपसमितिमा सुमन ओली, व्यवस्थापन तथा अर्थशास्त्र विषयक अध्ययन उपसमितिमा महेश खत्री, कला संकृति तथा साहित्य विषयक उपसमितिमा माधब प्रसाद पाण्डे र उद्यमशिलता विकास अध्ययन उपसमितीमा नितान्त सिंह बिष्टलाई चयन गरिएको छ ।

नेविसंघ घोषणा पत्र समितिले स्ववियु निर्वाचनको स्वागत गर्दै आसन्न स्ववियु निर्वाचनमा प्रभावकारी र वैचारिक उपस्थिति सुनिश्चित गर्न घोषणापत्र लेखन प्रारम्भ गरिसकेको छ । देशको शैक्षिक मुद्दा विद्यार्थीहरुको भावना र बिचार समेट्न व्यापक रुपमा सुझाव संकलन गर्न र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्न उपसमितिहरु गठन गरेरै घोषणा पत्र तयार गर्न लागिएको हो ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal