साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

भक्तपुर । भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जग्गाको अभावलाई बहाना मात्र बनाएको जनप्रतिनिधीहरुले आरोप लगाएका छन् ।

विगतमा जग्गा दिनुहोस् भन्दै आएका अस्पतालका तात्कानिल निर्देशक डाक्टर प्रेम ज्ञवाली भएपनि हालका निर्देशक डा। पुकारचन्द्र श्रेष्ठ अहिले ३१ रोपनी जमिन दिइसेकेपछि अस्पतालको भवन बनाउन आनाकानी गरेको चाँुनारायण नगरपालिकाको आरोप छ ।

प्रत्यारोपण केन्द्रले विभिन्न स्थानको जग्गा अवलोकन गरिसकेपछि अन्तिममा गएर चाँगुनारायण नगरपालिका ३ मा रहेको थानाको पाखा भन्ने स्थानको जग्गामा आवश्यक पूर्वाधार निर्माणका लागि उत्तम हुने निष्कर्ष निकालेको थियो ।

आफ्नै नाममा पर्याप्त जग्गा हुँदाहुँदै पनि भक्तपुर अस्पतालको नजिकै सानो ठाउँबाट सञ्चालन भइरहेको चाँगुनारायण नगरपालिकाको ३ नं वडाध्यक्ष श्याम सुन्दर धिमालले बताए । वडाअध्यक्ष धिमालले भने “अस्पतालकै नाममा जग्गा हुँदै गर्दा पनि भवन निर्माण गर्न किन आनाकानी भइरहेको थाहा हुन सकेन । ”

उक्त स्थान नै अस्पताल बनाउनका लागि भौगोलिक रुपमा योग्य ठहर भएपछि अस्पतालले २०७७ साल असोज २१ गते सो जग्गा प्राप्तिका लागि चाँगुनारायण नगरपालिकासँग माग गरेको थियो । नगरपालिका कार्यपालिकाले अस्पतालको माग बमोजिम असोज २५ गते नै उक्त जग्गा नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्राप्त गर्न सिफारिस गर्ने निर्णयसहित अस्पताललाई पत्राचारसमेत गरेको वडाध्यक्ष धिमालले जानकारी दिए ।

अस्पतालले त्यसको ३ दिन पछि अर्थात २८ गते नै उक्त जग्गा प्राप्तिकालागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग गरेको थियो । अस्पताललाई जग्गाको आवश्यकता रहेको बुझेर स्वास्थ्य मन्त्रालयले कात्तिक ५ गते नै सचिवस्तरीय निर्णय गरेर माग गरिएको जग्गाका लागि अनुमतिसमेत दिइसकेको थियो ।

अस्पतालले त्यसलगत्तै लिजमा जग्गा उपलब्ध गराउनका लागि स्थानीय सिफारिस समितिबाट सिफारिस गरिपाउँ भनेर जिल्ला प्रशासन कार्यालय भक्तपुरसँग माग गरेको थियो । उक्त मागका आधारमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको संयोजकत्वमा बसेको वैठकले वार्षिक न्यूनतम ३ लाख ३१ हजार ९८० रुपैयाँ राजस्व तिरेर ३१ रोपनी ७ आना जग्गा लिजमा उपलब्ध गराउन नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयलाई सिफारिस गरेको थियो ।

मन्त्रालयले उक्त जग्गा अस्पताललाई उपलब्ध गराउन मंसिर १७ गते मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको थियो । पछि २०७८ साल जेठ १३ गते बसेको मन्त्रिपरिषद् वैठकबाटै सो जग्गा अस्पताललाई उपलब्ध गराउने निर्णय भएपछि मालपोत कार्यालय र अस्पतालबीच जेठ १८ बाट नै जग्गा अस्पतालको नाममा लिजमा दिने सम्झौतामा हस्ताक्षर भइसकेको थियो ।

जग्गाधनी प्रमाणपत्र अस्पतालले आफ्नै नाममा लिएर पनि जग्गाको अभावलाई अस्पताल विस्तारको बाधाका रुपमा देखाइरहेको चाँगुनारायण ३ का वडाध्यक्ष धिमालको आरोप छ । जग्गा प्राप्त गरि प्रारम्भिक स्थलगत नापी कार्यसमेत सकेपछि अस्पतालले निर्माण कार्य भने सुरु नगरेको उनले बताए । अस्पताललाई निर्माण कार्य सुरु गर्नका लागि धेरैपटक अनुरोध गर्दापनि वेवास्ता गरिरहेको उनको भनाइ छ ।

४ सय शैयामा अस्पताललाई विस्तार गर्नका लागि भनी लिइएको जग्गामा आवश्यक सबै सहयोग आफूहरुले गर्ने प्रतिबद्धता गरेको भएतापनि अस्पताल प्रशासन इच्छुक नदेखिएको वडाध्यक्ष धिमालको आरोप छ ।

अस्पतालले पनि निर्माण कार्य अगाडि बढाउन कुनै योजना नबनएको र मानव अंग प्रत्यारोपण केन्द्रको नाममा उक्त जग्गा रहेका कारण त्यहाँ अन्य केही सञ्चालन गर्न नपाएको गुनासो वडा अध्यक्ष धिमालको रहेको छ ।

खेल उद्यान र जेष्ठ नागरिकका लागि पार्क बनाउने योजना बनाइएको उक्त स्थानमा देशभरका नागरिकलाई सेवा दिने अस्पताल बन्दा सबैका लागि सहज हुने सोचेर अस्पताललाई जग्गा उपलब्ध गराएको उनले बताए ।

तर, प्रत्यारोपण केन्द्रले रोकेका कारण उक्त जग्गामा केही पनि गर्न नपाएको र अस्पताल बनाउनका लागि सक्दो सहयोग गर्ने भन्दै गर्दा पनि अस्पतालले निर्माण कार्य अगाडि नबढाउँदा उक्त जग्गा त्यतिकै खाली रहेकामा समेत वडा अध्यक्षको असन्तुष्टि रहेको छ ।

अस्पताल प्रशासनले जग्गा अभाव भएको वताउने र भएको जग्गा पनि भिरालो रहेको भन्ने धारणा दिँदै आएकोमा पनि वडाध्यक्षको असन्तुष्टि रहेको छ । ‘त्यस समयमा नै अस्पतालका डाक्टर, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले निरीक्षण गरेर योग्य छ भनेको जग्गा अहिले आएर कसरी भिरालो भयो ?’– उनले प्रश्न गरे ।

उता शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले भने सरकारले जग्गा उपलब्ध गराएको खण्डमा ६ महिनाभित्रैमा आफ्नै कमाइबाट अस्पतालको भवन निर्माण गर्ने दाबी गर्दै आएको छ ।

77 Views

ताजा

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

नेकपा एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

२०८२ फाल्गुन २९ गते, शुक्रबार

अनावश्यक ‘रोइलो’ नगर्न हर्क साम्पाङको कडा चेतावनी

२०८२ फाल्गुन २९ गते, शुक्रबार

तीन हप्तासम्म राहदानी वितरण अवरुद्ध हुने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

आजदेखि आधा सिलिन्डर ग्यास मात्र पाइने

२०८२ फाल्गुन २९ गते, शुक्रबार

इनिसाको न्याय मात्र होइन, बलात्कार हुनै नदिने संस्कारको निर्माण

२०८२ फाल्गुन २९ गते, शुक्रबार

रुपन्देहीको चिलियामा बारासिङ्गे बियर गार्डेनः पश्चिम नेपालका बियर पारखीहरूको नयाँ गन्तव्य

२०८२ फाल्गुन २९ गते, शुक्रबार

दुर्गा प्रसाईं नेपालको नायक– धर्मगुरू

२०८२ फाल्गुन २७ गते, बुधबार

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा ९ जना घाइते

२०८२ फाल्गुन २७ गते, बुधबार

विश्व  कीर्तिमानी डा. डीआर उपाध्यायको ‘धागोले बाटेको’ टिकटकमा भाइरल

२०८२ फाल्गुन २७ गते, बुधबार

भारतमा ग्यास संकट, रेस्टुरेन्ट व्यवसाय बन्द हुने जोखिममा

२०८२ फाल्गुन २६ गते, मंगलवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal