संसारभर कोरोनाको कहर तीब्र रुपमा बढ्दै
काठमाडौं । संसारभरिमा १५ लाख ३४ हजारभन्दा बढी मानिसहरुको मृत्यु कोरोनाभाइरसको कारण भइसकेको छ । तीमध्ये एक तिहाईको मृत्यु त पछिल्लो दुई महिनामा मात्रै भएको हो ।
हालसम्म ६ करोड ६८ लाखभन्दा बढी मासिनहरु कोभिड–१९ बाट संक्रमित भइसकेका छन् । पछिल्लो हप्ता मात्रै प्रतिदिन १० हजारको दरले मानिसहरुका दैनिक मृत्यु भइरहेको छ ।
खोपको सफलताका कथाहरु बाहिर आइरहँदा माथिका तथ्यांकहरुले यो कोरोना महाव्याधिको गम्भीरतालाई देखाइरहको छ ।
गत बिहीबार मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरेसले ‘भ्याक्सिनहरुले चाँचाडै मान्यता पाइहाले पनि संसारले कोभिड–१९ को पराकम्पनसँग दशकौंसम्म जुधिरहनुपर्ने उल्लेख गरेका थिए ।
जाडोको मौसमको आवागमनसँगै पछिल्ला चरणमा तीब्रताका साथ फेरि संक्रमण बढ्न थालेको छ र मानिसहरुको भकाभक मृत्यु हुनु थालेको छ । यसले आगामी दिनहरुमा कोरोनाको कहर झनै तीब्र बनेर पो जाने हो कि भन्ने आशंकालाई जन्माएको छ । यो स्थितिमा कोरोनाको पहिलो लहरमा सबैभन्दा बढी प्रभावित बनेका मुलुकहरुले फेरि कोरोनाविरुद्धको कडाइ तथा लकडाउनहरुलाई अवलम्बन गर्न थालेका छन् ।
इटाली
नयाँ वर्षको आवागमनसँग मानिसहरुको आवातजावात र भ्रमण तीब्र हुने गर्छ । यो स्थितिलाई मध्यनजर गर्दै इटालीले क्रिसमसको समयावधिभरि लकडाउनको नयाँ मापदण्डहरु घोषणा गरेका छन् ।
त्यसअनुसार, आगामी डिसेम्बर २१ देखि जनवरी ६ सम्म इटालीभरि नै सार्वजनिक गतिविधिहरुमा प्रतिबन्धको घोषणा गरिएको छ । त्यसैगरी, डिसेम्बर २५ र २६ मा एक ठाउँबाट अर्को ठाउँमा जानको लागि प्रतिबन्धको घोषणा गरिएको छ ।
अहिले पनि इटालीभरि स्थानीय समयानुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाइएका छ । जनवरी १ देखि त्यो कफ्र्यका समय बढाएर बिहान ७ बजेसम्म गरिने भएको छ ।
अमेरिका
कोरोनाको कहर सबैभन्दा बढी खेपिरहेको अमेरिकामा दैनिक संक्रमण तथा अस्पताल भर्ना हुनेहरुको संख्या भयावह रुपमा बढ्दै गइरहेको छ ।
राष्ट्रपतिमा निर्वाचित जोन वाइडेनले आफूले कार्यकाल सम्हालेको प्रथम १०० दिना मास्कको प्रयोगलाई अनिवार्य बनाउने बताइसकेका छन् ।
गाजा क्षेत्र
गाजा क्षेत्रका जनघनत्व बढी रहेका भागहरुमा आंशिक लकडाउन लागू गरिएको छ ।
यस दौरानमा मस्जिद तथा स्कुलहरु बन्द रहनेछन् । दिनको समयमा व्यवसायहरु सञ्चालन गर्न पाइनेछ तर रातका कफ्र्य शुरु भएपछि सबै गतिविधिहरुमा प्रतिबन्ध लाग्नेछ । स्थानीय वासिन्दाहरुलाई घरभित्रै बस्न भनिएको छ ।
अन्तरिक मन्त्रिपरिषदका प्रवक्ता अयद अल बोजोमले पत्रकारहरुलाई जानकारी दिएअनुसार, आवश्यक परेमा पूर्ण लकडाउन गर्ने विकल्पका बारेमा पनि सोचविचार भइरहेको छ ।
दक्षिण कोरिया
दक्षिण कोरियामा पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि भौतिक दूरीका नियमलाई झनै कडाइका साथ लागू गर्नेतिर सोचविचार गरिरहेको छ ।
गत शुक्रबारमा मात्रै दक्षिण कोरियामा कोरनो भाइरसको नयाँ लहरले उच्च रुप लिएको थियो । उक्त दिन संक्रमणका ६२९ वटा नयाँ केसहरु देखापरेका थिए । यो भनेको गत फेब्रुअरीमा दक्षिण कोरियामा देखापरेको कोरोनाभाइरसको पहिलो लहरपछिको सबैभन्दा उच्च संख्या थियो ।
गत महिना मात्रै दक्षिण कोरियाले सामाजिक दूरीको नियमलाई पुनः लागू गरेको थियो । यो स्थितिमा पनि खतराको घण्टी बजाउने गरी संक्रमणको दर बढ्नुले स्थिति गम्भीर रहेको कुरा दक्षिण कोरियाका प्रधानमन्त्री चुङ से–क्यूनले बताएका छन् । यो स्थितिमा कोरानाविरुद्धको कडाइलाई अझै बढाउने कि नबढाउने भन्नेबारे आज आइतबार निर्णय गरिने कुरा पनि उनले बताएका छन् ।
यतिखेर कोरियामा विश्वविद्यालयका परिक्षाहरु चलिरहो छन् जहाँ करिब ५ लाख विद्यार्थीहरु सहभागी छन् । यसले संक्रमणलाई झनै बढाउने चिन्ता त्यहाँका अधिकारीहरुले गरेका छन् ।
बेलायत
बेलायतले जनस्तरमा भ्याक्सिन दिने भएको छ । यो स्थितिमा भ्याक्सिनको कुनै पनि नकारात्मक प्रभाव देखिएमा बेलायतले प्रत्येक व्यक्तिलाई क्षतिपूर्ति समेत दिने बताइसकेको छ ।
भ्याक्सिनको प्रयोग गर्दा कुनै व्यक्तिमा गम्भीर नकारात्मक असर परेको साबित भएमा बेलायत सरकारले १ लाख २० हजार पौण्ड ९१ लाख ६१ हजार ६ सय ७६ अमेरिकी डलर० बराबरको क्षतिपूर्ति दिनेछ ।
इरान
गत बिहीबार मात्रै इरानमा कोराना संक्रमितको संख्या १० लाख नाघेको छ । यो त्यसबेलामा भएको छ, जुनबेलामा इरानका अधिकारीहरु मुलुकका थुप्रै भागहरुमा कोरोनाविरुद्धको कडाइलाई केही खुकुलो बनाउनेबारे विचार गरिरहेका छन् ।
यो स्थितिमा इरानले पनि कोरानोविरुद्धका प्रतिबन्धहरुलाई अझ कडा बनाउँदै लैजानुपर्ने स्थिति पैदा हुँदै गइरहेको पदाधिकारीहरुले बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





