बुटवलको एक होटलमा गोली चल्यो, खाग तस्कर घाइते

२०७७ मंसिर २१ गते, आईतवार

बुटवल । बुटवलको एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हँुदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।
होटेलमा खाग तस्कर रहेको सूचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली प्रहार गर्दा तस्कर समूहकै एक जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गोली प्रहारबाट तस्कर समूहका सदस्यको चिउँडोमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई नियन्त्रणमा लिइएको र एक जना प्रहरीको घेरा तोडेर भागेको बताइएको छ ।

272 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal