दोस्रो म्यागङ अध्यक्ष कप खुल्ला कराँते च्याम्पियनसिप तथा खेलाडी सम्मान समारोह हुने

२०८१ मंसिर ४ गते, मंगलवार

करण तामाङ
काठमाडौ । नेपाल सितोरियो कराँते म्यागङ डोजोको मुख्य आयोजनामा दोस्रो म्यागङ अध्यक्ष कप खुल्ला कराँते च्याम्पियनसिप तथा कराँते खेलाडी सम्मान कार्यक्रम २०८१ हुने भएको छ । डोजोका प्रमुख प्रशिक्षक अमृत तामाङको संयोजकत्वमा म्यागङ गाउपालिका ३ देउराली नुवाकोटमा मंसिर अन्तिम साता उक्त च्याम्पियनसिप रहने बताइएको छ । च्याम्पियनसिपका लागि विभिन्न तौल समुहमा खेलाडीहर सहभागी रहन पाउनेछन् । सिनियर र जुनियरतर्फ गरि दुवै समूहको प्रतियोगिता रहने भएको छ । उक्त डोजोबाट उत्पादन भएको सिनियर खेलाडीहरुलाई विशेष सम्मान गर्ने गरि कार्यक्रम तय भएको हो । विगत लामो समय देखि कराँतेको तर्फबाट आफ्नो ठाउँलाई चिनाउन जीवन समर्पण गर्दै आएको साथै विभिन्न सानाठूला प्रतियोगिताहरुमा म्यागङलाई पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

निरन्तर घरेलु डोजोमा तालिम लिएर ब्ल्याक बेल्ट पार गर्न सफल खेलाडीहरुलाई प्रशंसा गर्दै सम्मान गर्ने निर्णय लिएको प्रशिक्षक अमृत तामाङले बताएको छ । प्रतियोगितामा निर्णायकका रुपमा अन्तर्राष्ट्रिय र राष्ट्रिय निर्णायकहरुको सहभागी रहने पनि जानकारी गराएका छन् ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal