दोस्रो म्यागङ अध्यक्ष कप खुल्ला कराँते च्याम्पियनसिप तथा खेलाडी सम्मान समारोह हुने

करण तामाङ
काठमाडौ । नेपाल सितोरियो कराँते म्यागङ डोजोको मुख्य आयोजनामा दोस्रो म्यागङ अध्यक्ष कप खुल्ला कराँते च्याम्पियनसिप तथा कराँते खेलाडी सम्मान कार्यक्रम २०८१ हुने भएको छ । डोजोका प्रमुख प्रशिक्षक अमृत तामाङको संयोजकत्वमा म्यागङ गाउपालिका ३ देउराली नुवाकोटमा मंसिर अन्तिम साता उक्त च्याम्पियनसिप रहने बताइएको छ । च्याम्पियनसिपका लागि विभिन्न तौल समुहमा खेलाडीहर सहभागी रहन पाउनेछन् । सिनियर र जुनियरतर्फ गरि दुवै समूहको प्रतियोगिता रहने भएको छ । उक्त डोजोबाट उत्पादन भएको सिनियर खेलाडीहरुलाई विशेष सम्मान गर्ने गरि कार्यक्रम तय भएको हो । विगत लामो समय देखि कराँतेको तर्फबाट आफ्नो ठाउँलाई चिनाउन जीवन समर्पण गर्दै आएको साथै विभिन्न सानाठूला प्रतियोगिताहरुमा म्यागङलाई पदक दिलाउन सफल खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।
निरन्तर घरेलु डोजोमा तालिम लिएर ब्ल्याक बेल्ट पार गर्न सफल खेलाडीहरुलाई प्रशंसा गर्दै सम्मान गर्ने निर्णय लिएको प्रशिक्षक अमृत तामाङले बताएको छ । प्रतियोगितामा निर्णायकका रुपमा अन्तर्राष्ट्रिय र राष्ट्रिय निर्णायकहरुको सहभागी रहने पनि जानकारी गराएका छन् ।
ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार