दुर्गा प्रसाईं पक्राउ

२०८१ मंसिर ४ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

मंगलबार उनलाई भक्तपुरको निवासबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

‘साइबर अपराध मुद्दामा उनलाई पक्राउ गरिएको हो,’ उनले भने। प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट पत्यारिलो देखिन्न।

त्यही अपत्यारिलो प्रमाण मंगलबार दिउँसोदेखि सामाजिक सञ्जालमा सेयर भइरहेको छ। प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको र त्यसैको ‘तथ्य प्रमाण’ भन्दै सेयर गरिएको उक्त स्क्रिनसटलाई केही सञ्चारमाध्यमले समाचारकै रूपमा प्रस्तुत गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा अनुप नेपाल नामको आइडीबाट त्यही स्क्रिनसटलाई भिडिओ बनाएर हालिएको छ।

‘मैले तथ्यमा आधारित सत्य कुरा, कम्बोडियाको लगानी, मैले आजभन्दा एक वर्षअगाडि बोलेको थिएँ कि, अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको लगानी मैले कम्बोडियामा छ भन्दाखेरी उहाँले सदनमा के भन्नुभएको थियो भने त्यो मेरो लगानी त्यहाँ छ भने त्यसमा म कतिपैसा थपेर जसले भन्छ त्यसलाई दिन्छु भन्नुभएको थियो। त्यसपछि मैले हरेक पहल गरेर मैले कम्बोडियामा २१ करोड डलर, नेपाली साढे ३२ अर्ब रुपैयाँ, त्यहाँ खड्गप्रसाद ओली भनेर लेखेको छ सेयरसहितको प्रमाणित कागज, त्यो पनि गुगलमा गएर प्रमाणित गरेर, फेरि भोलि होइन भन्छन्, कुरा बुझ्नु भएन, त्यो मैले प्रमाणित गरेर ल्याएको छु। त्यो सार्वजनिक गर्दैछु,’ उनले सार्वजनिक गर्दै भनेका थिए।

उनका यो भनाइसहितको भिडियो योहो टेलिभिजनको युट्युव च्यानलमा रहेको छ। प्रसाईंले तथ्य–प्रमाण भन्दै प्रस्तुत गरिएको चिर्कटोमा प्रधानमन्त्री ओलीको हस्ताक्षर मात्र होइन, नामसमेत बिग्रिएको छ।

23 Views

ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै

२०८१ चैत्र ३ गते, आईतवार

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता

२०८१ फाल्गुन २८ गते, बुधबार

ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने

२०८१ फाल्गुन २६ गते, सोमबार

राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा

२०८१ फाल्गुन २६ गते, सोमबार

ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष

२०८१ फाल्गुन २६ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal