भैरहवामा आज पनि रास्वपाका कार्यकर्ताको प्रदर्शन

२०८१ कार्तिक २८ गते, बुधबार

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा रुपन्देहीको भैरहवामा आज पनि प्रदर्शन भएको छ ।
मंगलबार पनि दिनभरजसो प्रदर्शन गरेका रास्वपा कार्यकर्ताहरुले बुधबार शक्ति बढाएका हुन् । मंगलबार मध्यान्ह साढे १२ बजेदेखि साँझ ६ बजेसम्म उनको बयान जिल्ला सरकारी वकिल कार्यालयमा लिइरहेपनि आसपासका क्षेत्रमा नियमितजसो प्रदर्शन गरिरहेका थिए । आज सबा १० बजे बयानका लागि पुराइएपछि ११ बजेबाट प्रदर्शन थालिएको हो ।

म्बिनी रोडमा रास्वपा नेता कार्यकर्ताले लामिछानेको पक्षमा प्रदर्शनपछि कोणसभा गरिएको छ । रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले मंगलबार आकस्मिक भएर समर्थकहरु थोरै भएपनि आज हिजोभन्दा बढेका हुन् ।

बुधबार प्रदर्शनपछि आयोजित सभामा रास्वपाका केन्द्रीय उपसभापति डिपी अर्यालले सबैतिरको बयानमा सहकारीको रकम अपचलन अस्वीकार गरेको अवस्थामा पनि एकै विषय धेरै जिल्लामा तानेर समय लम्बाउनु राजनीतिक प्रतिशोध बाहेक केही नभएको बताए ।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal