संगीतलाई संगीतकर्मीको धर्मको रुपमा लिन्छुः गायिका पुर्णिमा लामा
काठमाडौं । पिता रामचन्द्र तामाङ र माता कान्छी तामाङको कोखबाट वि.सं २०५४ असोज २९ गते गल्छी गाउँपालिका ७ धादिङमा जन्मिएकी हुन् पुर्णिमा लामा । हाल उनको गायनको प्रशंसा नगर्ने कमै छन् । संगीत क्षेत्रमा आउन मुख्य प्रेरणा मेरो आवाजलाई सुनेर प्रशंसा गर्नुहुने मेरो वालापनका साथीसंगी र शिक्षक शिक्षिका हुदै सवै अग्रज संगीतकर्मी अनि मेरो सम्पूर्ण परिवार हुनुहुन्छ पुर्णिामा बताउँछिन् । विद्यालयमा अध्ययन गर्दै गर्दा सानैदेखि गाउने गर्दिन् । श्री बागेश्वरी उच्च माध्यमिक विद्यालय धादिङमा माध्यमिक शिक्षा पूरा गरेर उच्च शिक्षाको लागि काठमाडौ प्रवेश गरेर लिङ्कन कलेज सामाखुशीमा अध्ययन गर्दै आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा अगाडि बढाएकी थिइन् । मेरो लागि संगीत हर पाईलाको एउटा सहयात्री हो जसलाई म कहिँ कतै छोड्न सक्दिन किनकी संगीतले मेरो हर यात्रालाई सहज बनाएको छ पुर्णिामाको भनाइ रहेको छ ।

पुर्णिामाको पहिलो सांगीतिक कोसेली २०७२ सालमा “भाग्यलेनी छल्छ भन्थे छल्दोरैछ थाहा पाएँ’’ गीत हो जुन पहिलो गीतबाटै पुर्णिमा लामा भनेर परिचित हुन टेवा मिल्यो । त्यसपछि अन्य धेरै गीतहरु लगातार थियोे र उचाइमा पुग्न सहयोग पुगेको देखिन्छ । “मेरो लागि संगीत कहिले पनि जीवन निर्वाह गर्ने माध्यम बनोस जस्तो नै लागेन किनकी मैले कहिल्यै पनि संगीतलाई व्यवसायिक हिसावले हेरिन हुनत जीवन निर्वाहको निम्ति धेरै नै टेवा पु¥याएको छ संगीतले तरपनि यि सबै अपेक्षा भन्दा बाहिरको कुरा थियो मेरो लागि किनकी म संगीतलाई धर्मको रुपमा लिन्छु, असली धर्मात्मीहरु कहिलेपनि आर्थिक आर्जनमा भन्दा पनि मनको शान्तिको लागि सधैँ धर्ममा लिन हुने गर्छन् त्यस्तै मलाई पनि संगीतले अनगिन्ती मनको शान्ति अनि आनन्द प्रदान गरेको छ यसको लतमा परिसकेपछि जसमा जीवन प्रवाह हुने नहुनेमा कल्पना गर्नै सकिदैन उनको भनाइ रहेको छ ।
सांगीतिक क्षेत्रलाई राज्यपक्ष्यवाट कुनै पनि सहयोग वा स्थान दिईएको छैन किनकी संगीत सवैले रुचाउछन् तर यसमा सबैको सोचेजस्तो मनग्य अन्य व्यवसायमा झै आम्दानी नहुन सक्छ जति पनि यो क्षेत्रमा हुनुहुन्छ सबै आफ्नो आफ्नो शोकले मात्रै लागेको हुनुहुन्छ, प्रतिभावान देशका गहनाहरु भन्ने चलन छ तर जीवनभरी यो क्षेत्रमा योगदान दिएर पनि केही रोग लाग्दा उपचार गर्न नसकेर धेरै अग्रज कलाकार ज्युहरुले अकालमा ज्यान गुमाउनु परको छ यदी राज्यपक्षबाट सांगीतिक क्षेत्रको योगदानलाई सम्झिएर उचित मुल्याङ्कन् गरेको भए सायद यस्ता घटनाहरु हामीले भोग्नुपर्ने थिएन पुर्णिमा सुनाउछिन् ।
उनले एक दशकको अवधिमा लगभग हालसम्म ५०० भन्दा बढी गीतहरुमा आवाज भरिसकेकी छिन् । उनका आवाजमा रहेको बहुचर्चित गीतहरु फुल भनौँ जिन्दगीलाई, मुटु जलि खरानी भो, ओईलिएको फुल भयो, भाग्यले नी छल्छ भन्थे,एकपल्ट भनन, बन्दुक र गोली, आमा बाबा, कस्ले बुझ्ने,मन पराउने मायालु लगायत थुप्र गितहरु छन् भने हाल सार्वजनिक भएका गितहरु “धेरै माया नगर्नु यहाँ कसैलाई, आउनसंगै, रिसले होकी मायाले, जिवनको यो आफ्नै नाटक, पहिलो माया लगायत अन्य थुप्रै गीतहरु छन् र अन्य रिलिज हुने क्रममा रहेको छ । अबको लक्ष्य उद्देश्य जे भनेपनि सांगीतिक यात्रालाई निरन्तरता दिनु हो आफ्नो मेहनत र लगावलाई अझै निखारता ल्याई निरन्तर सांगीतिक कर्म गर्दै जानु नै हो उनी बताउँछिन् ।
सर्वप्रथम अध्ययन नै हो संगीतको दुनियामा अघि बढ्नु छ भने संगीतको अध्ययनलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ अन्य कुराहरु त आफुले भोग्दै र मुल्याङ्कन् गर्दै जाने कुरा हो, यो क्षेत्रमा आउन चहानेहरुको लागि पुर्णिामाको सुझाव रहेको छ ।
हालसम्म पुर्णिामाले धेरै शीर्ष सम्मान र अवार्डहरु प्राप्त गरिसकेकी छन् जसमध्ये पाँचौँ राष्ट्रिय राष्ट्रपति म्युजिक अवार्ड(२०७३ सर्वोत्कृष्ट नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड(२०७५ सर्वोत्कृष्ट नवगायिका), मानार्थ सदस्य २०७७ (राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल केन्द्रिय समिति काठमान्डौँ), ११ औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७(सर्वोत्कृष्ट गायिका सुगम संगित), नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ट गायिका सुगम संगित), एपिक संगीत रत्न सम्मान २०७९ ( चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९को आयोजनामा हालका प्रधानमन्त्री केपी शर्मा वलिज्युद्वारा सम्मानित) र करण ड्रिम्स, मन खुसी फाउन्डेसन र दुप्चेश्वर म्युजिक प्रालीको प्रस्तुतिमा करण तामाङ घ्लान र दिनेश तामाङको आयोजनामा भएको “विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४मा आधुनिक तथा पप विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गर्न सफल भएकी छिन् ।
मेरो जिवनमा सांगीतिक जिवनको सुरुवातदेखि नै सवैको माया र प्रशंसा अनि अग्रजहरुको आशिर्वादको वर्षा सधैँ नै भईरह्यो त्यसैले आफुले आफुलाई एकदमै भाग्यमानी ठान्छु । जे जति संघर्ष मैले गरे ति दुखका दिनहरु पनि आज दर्शकको माया अनि प्रशंसाले बिर्साईदिन्छ , संगीत मेरो जिउने सहारा नै भईसकेको छ जसको लयमा जिउने आदत नै परिसकेको छ चाहे सफलता होस या असफलता चाहे दुख होस या सुख मैले संगीतलाई जिवनको सहयात्रीको रुपमा अंगालेर बाँचेकी छु र सधैँ संगीतमै जिवन समर्पित गरेर नै बाँच्न चाहन्छु , गायिका पुर्णिमा लामा बताउँछिन् ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





