प्लस टु शिक्षालाई उदाहरणीय बनाउने लक्ष्यका साथ अघि बढ्दै रत्नराज्य माबि
काठमाडौं । सामुदायिक विद्यालयमध्ये आफुलाई अभिभावक र विद्यार्थीहरुको आकर्षक गन्तव्य बनाउन सफल राजधानी काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयले यस बर्षदेखि प्लस टु लाई समेत बिशेष प्राथमिकतामा राख्ने भएको छ।

गत बर्षबाट बिज्ञान बिषयमा समेत कक्षा सुरु गरेको सो विद्यालयमा बिगतदेखि नै शिक्षा,मानविकी,म्यानजमेण्ट र कम्प्युटर साईन्समा कक्षा सञ्चालन गर्दै आएको थियो।यस बर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा समेत उत्कृष्ट नतिजा हांसिल गर्न सफल यो विद्यालयका दुई जना छात्रले द्ध जीपीए ल्याउन सफल भएका छन्।
नियमित कक्षाका साथै महंगो शुल्क लिएर बिहान बेलुकै अतिरिक्त कक्षा सञ्चालन गर्ने कैयौं निजी विद्यालयहरुलाई पछि पार्दै सामुदायिक विद्यालयका विद्यार्थीले द्ध जीपीए ल्याउनु चानचुने उपलब्धि होइन। यही किसिमको उपलब्धि प्लस टु मा समेत हांसिल गर्ने लक्ष्य लिएर विद्यालय अगाडी बढेको प्रधानाध्यापक राम आशिष यादवको भनाई छ।
सामुदायिक विद्यालय भएपनि आकर्षक पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला समेत रहेको रत्नराज्यमा प्लस टु अध्यापनका लागि शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका अनुभवी शिक्षकहरु रहेका छन्।बिज्ञान बिषयका लागि नाम चलेका राजधानीका निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गरिंदै आएको छ।
निजी विद्यालयमा बिज्ञान अध्ययन गर्न लाग्ने ठुलो खर्च ब्यहोर्न नसक्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर बिज्ञान बिषय प्लस टु मा सञ्चालन गरिएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक यादवले बताए।यसरी ल्याइएका शिक्षकहरुलाई दिइने मासिक पारिश्रमिकका लागि बिज्ञान बिषय अध्ययनरत विद्यार्थीहरुबाट बार्षिक रूपमा अत्यन्तै न्यून रकम लिने गरिएको विद्यालयले जनाएको छ।प्रधानाध्यापक यादव भन्छन्,( ुराम्रो अध्ययन गर्ने विद्यार्थीले खर्चको अभावमा बिज्ञान बिषय पढ्न पाईन भनेर पश्चाताप गर्नु नपरोस् र विश्वविद्यालयको अध्ययनमा पनि उत्कृष्ट परिणाम हासिल गरी आफ्नो करिअर निर्माण गर्न सकुन् भन्ने हेतुले विद्यालयले प्लस टु शिक्षामा बिज्ञान बिषयलाई निकै महत्व दिएको हो।ु
विद्यालयले प्रयोगात्मक र विद्यार्थीको चौतर्फी विकासलाई विशेष प्राथमिकता दिँदै आएको दावी गर्दै यादवले भने,ु विद्यार्थीको क्षमता विकासका लागि विद्यालयले खेलकुद, , वर्कसप, लगायत अतिरिक्त क्रियाकलापलाई पनि जोड दिने गर्छ ।ु
ताजा
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक
२०८३ बैशाख २७ गते, आईतवार
गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’
२०८३ बैशाख २७ गते, आईतवार
मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु
२०८३ बैशाख २५ गते, शुक्रबार
वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक
२०८३ बैशाख २५ गते, शुक्रबार
सार्वजनिक जग्गा खाली गर्नु नै उचित
२०८३ बैशाख २५ गते, शुक्रबार
प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा
२०८३ बैशाख २४ गते, बिहीबार
आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै
२०८३ बैशाख २४ गते, बिहीबार
दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक
२०८३ बैशाख २४ गते, बिहीबार
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री
२०८३ बैशाख २२ गते, मंगलवार
सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए
२०८३ बैशाख २२ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





