प्लस टु शिक्षालाई उदाहरणीय बनाउने लक्ष्यका साथ अघि बढ्दै रत्नराज्य माबि

काठमाडौं । सामुदायिक विद्यालयमध्ये आफुलाई अभिभावक र विद्यार्थीहरुको आकर्षक गन्तव्य बनाउन सफल राजधानी काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयले यस बर्षदेखि प्लस टु लाई समेत बिशेष प्राथमिकतामा राख्ने भएको छ।
गत बर्षबाट बिज्ञान बिषयमा समेत कक्षा सुरु गरेको सो विद्यालयमा बिगतदेखि नै शिक्षा,मानविकी,म्यानजमेण्ट र कम्प्युटर साईन्समा कक्षा सञ्चालन गर्दै आएको थियो।यस बर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षामा समेत उत्कृष्ट नतिजा हांसिल गर्न सफल यो विद्यालयका दुई जना छात्रले द्ध जीपीए ल्याउन सफल भएका छन्।
नियमित कक्षाका साथै महंगो शुल्क लिएर बिहान बेलुकै अतिरिक्त कक्षा सञ्चालन गर्ने कैयौं निजी विद्यालयहरुलाई पछि पार्दै सामुदायिक विद्यालयका विद्यार्थीले द्ध जीपीए ल्याउनु चानचुने उपलब्धि होइन। यही किसिमको उपलब्धि प्लस टु मा समेत हांसिल गर्ने लक्ष्य लिएर विद्यालय अगाडी बढेको प्रधानाध्यापक राम आशिष यादवको भनाई छ।
सामुदायिक विद्यालय भएपनि आकर्षक पुस्तकालय, विज्ञान तथा कम्प्युटर प्रयोगशाला समेत रहेको रत्नराज्यमा प्लस टु अध्यापनका लागि शैक्षिक क्षेत्रमा लामो अनुभव हासिल गरेका अनुभवी शिक्षकहरु रहेका छन्।बिज्ञान बिषयका लागि नाम चलेका राजधानीका निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गरिंदै आएको छ।
निजी विद्यालयमा बिज्ञान अध्ययन गर्न लाग्ने ठुलो खर्च ब्यहोर्न नसक्ने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर बिज्ञान बिषय प्लस टु मा सञ्चालन गरिएकाले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्याएर कक्षा सञ्चालन गर्ने गरिएको प्रधानाध्यापक यादवले बताए।यसरी ल्याइएका शिक्षकहरुलाई दिइने मासिक पारिश्रमिकका लागि बिज्ञान बिषय अध्ययनरत विद्यार्थीहरुबाट बार्षिक रूपमा अत्यन्तै न्यून रकम लिने गरिएको विद्यालयले जनाएको छ।प्रधानाध्यापक यादव भन्छन्,( ुराम्रो अध्ययन गर्ने विद्यार्थीले खर्चको अभावमा बिज्ञान बिषय पढ्न पाईन भनेर पश्चाताप गर्नु नपरोस् र विश्वविद्यालयको अध्ययनमा पनि उत्कृष्ट परिणाम हासिल गरी आफ्नो करिअर निर्माण गर्न सकुन् भन्ने हेतुले विद्यालयले प्लस टु शिक्षामा बिज्ञान बिषयलाई निकै महत्व दिएको हो।ु
विद्यालयले प्रयोगात्मक र विद्यार्थीको चौतर्फी विकासलाई विशेष प्राथमिकता दिँदै आएको दावी गर्दै यादवले भने,ु विद्यार्थीको क्षमता विकासका लागि विद्यालयले खेलकुद, , वर्कसप, लगायत अतिरिक्त क्रियाकलापलाई पनि जोड दिने गर्छ ।ु
ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य
२०८२ जेष्ठ २ गते, शुक्रबार
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली
२०८२ जेष्ठ २ गते, शुक्रबार
राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक
२०८२ जेष्ठ २ गते, शुक्रबार
सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने
२०८२ जेष्ठ २ गते, शुक्रबार
गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’
२०८२ जेष्ठ २ गते, शुक्रबार
‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन
२०८२ जेष्ठ २ गते, शुक्रबार
मखनटोलमा आगलागी, एक जनाको मृत्यु
२०८२ बैशाख ३१ गते, बुधबार
दक्षिण कोरिया जाने विद्यार्थीको ‘एनओसी’ सरकारंद्वारा स्थगित
२०८२ बैशाख ३० गते, मंगलवार
रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति
२०८२ बैशाख ३० गते, मंगलवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार