एमाले हराउन सबै लागेका थिए, तर, ५ सय मत पनि पाएनन्: ओली

२०८१ बैशाख १८ गते, मंगलवार

इलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छाडेका इलामकै नेताहरू यो पटक निर्वाचनमा एमालेका उम्मेदवार हराउन बेस्सरी लागेको टिप्पणी गर्नुभएको छ।

मंगलबार सुहाङ नेम्बाङ निर्वाचित भएपछि इलाम बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो।

साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रने ओलीको तर्क थियो। उहाँले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताउनु भयो ।

विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर समेत गर्नुभयो । उहाँले उनले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताउनु भयो ।

अध्यक्ष ओलीले पहिचान भनेको सबै नेपाली एकै हो भन्ने हुनुपर्ने बताउनु भयो। ‘के हो के हो पनि भयो होला। पहिचान भनेको के हो के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो।’

सुहाङको जितले वितगको मूल्यांकन र भोलिको राष्ट्रिय राजनीतिको संकेत गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सानो कुरा होइन, यसले विगतका कामको मूल्यांकन गरेको छ। भोलिको राष्ट्रिय राजनीतितर्फ संकेत गरेको छ। श्रीअन्तुतिरबाट इलाममा फेरि उदाएको सूर्यको संकेत गरेको छ।’

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal