माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

२०८० चैत्र १९ गते, सोमबार

काठमाडौं । काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ नेपाल र रसियन हाउस कमलपोखरीको संयुक्त आयोजनामा यही चैत्र १७ गतेदेखि काठमाडौंमा माइकल चेकव पद्धतिमा कार्यशाला शुरु भएको छ । चैत्र २६ सम्म चल्ने यो कार्यशाला रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरी आयोजना गरिएको र यसको मुख्य उद्देश्य माइकल चेकबको यो विशिष्ट पद्धतीलाई नेपाली कलाकारमाझ परिचित गराउँदै यसको व्यापक रुपमा प्रचारप्रसार गर्नु रहेको कुरा आयोजक तथा रंगनिर्देशक टंक चौंलागाईले बताए ।


नेपालमा कार्यरत विभिन्न थिएटरबाट २५ जना रङ्गकर्मीहरुको सहभागिता रहेको यो कार्यशालामा अनुभवी गुरु योर्ग आन्द्रेस मुख्य प्रशिक्षकका रुपमा छन् । उनी माईकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन् । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षे लामो कक्षा पनि सञ्चालन गरिरहेका छन् । उनी यो पद्दतिको विकास र प्रचारप्रसारका लागि विभिन्न देशमा गई यसरी नै तालिम दिँदै हिड्छन् । नेपाल आउनुअघि उनी रसियाको मस्कोमा थिए । युरोप र एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।
नेपालमा धेरै थिएटरहरू, रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु भएपनि कुनै विषेश पद्धती नभएको, शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भईरहेको र आफ्नै ज्ञान र सिपअनुसार नाटक तयार भईरहेका कुरा निर्देशक चौंलागाई बताउँछन् । नेपालका अधिकांश थियटर र रंगकर्मीमाझ स्तानिस्लाभास्की र उनको पद्दति चर्चित छ । उनै स्तानिस्लाभास्कीका उत्कृष्ट विद्यार्थी हुन माईकल चेकव । माईकल चेकव र स्तानिस्लाभास्की दुवैको तौरतरिका फरक छ । माईकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवका भतिजा हुन् । स्तानिस्लाभास्कीले समेत माईकल चेकवको यो पद्धतीको प्रशंसा गरेका थिए ।
जब माइकल चेकवले आफ्नै पद्धतीको विकास गरे, उनी रसियाबाट निर्वासित भए । त्यसपछि उनले युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा पनि स्टुडियो चलाएर आफ्नो पद्धती फैलाउन थाले । पश्चिमी समाजमा माईकल चेकवको पद्धती चर्चित छ । ओस्कार बिजेता धेरै कलाकारले यो पद्धतीमा काम गर्छन् ।

नेपालमा पछिल्लो समय केही फरक फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ । यो पद्धतीलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागिपरेको छ । गत वर्ष पनि यही समयमा यो पद्धतीको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक तथा स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् र उनले काठमाडौंमा दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal