माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

२०८० चैत्र १९ गते, सोमबार

काठमाडौं । काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ नेपाल र रसियन हाउस कमलपोखरीको संयुक्त आयोजनामा यही चैत्र १७ गतेदेखि काठमाडौंमा माइकल चेकव पद्धतिमा कार्यशाला शुरु भएको छ । चैत्र २६ सम्म चल्ने यो कार्यशाला रङ्गकर्मीहरु र प्रशिक्षकहरूलाई लक्षित गरी आयोजना गरिएको र यसको मुख्य उद्देश्य माइकल चेकबको यो विशिष्ट पद्धतीलाई नेपाली कलाकारमाझ परिचित गराउँदै यसको व्यापक रुपमा प्रचारप्रसार गर्नु रहेको कुरा आयोजक तथा रंगनिर्देशक टंक चौंलागाईले बताए ।


नेपालमा कार्यरत विभिन्न थिएटरबाट २५ जना रङ्गकर्मीहरुको सहभागिता रहेको यो कार्यशालामा अनुभवी गुरु योर्ग आन्द्रेस मुख्य प्रशिक्षकका रुपमा छन् । उनी माईकल चेकव अन्तर्राष्ट्रिय एकेडेमीका निर्देशक हुन् । आफ्नो एकेडेमी बर्लिनमा उनले दुई वर्षे लामो कक्षा पनि सञ्चालन गरिरहेका छन् । उनी यो पद्दतिको विकास र प्रचारप्रसारका लागि विभिन्न देशमा गई यसरी नै तालिम दिँदै हिड्छन् । नेपाल आउनुअघि उनी रसियाको मस्कोमा थिए । युरोप र एसियाका धेरै देशमा यो पद्धति चर्चित छ ।
नेपालमा धेरै थिएटरहरू, रङ्गमञ्चमा काम गर्ने रङ्गकर्मीहरु भएपनि कुनै विषेश पद्धती नभएको, शिक्षक, निर्देशकको ज्ञानअनुसार कक्षा सञ्चालन भईरहेको र आफ्नै ज्ञान र सिपअनुसार नाटक तयार भईरहेका कुरा निर्देशक चौंलागाई बताउँछन् । नेपालका अधिकांश थियटर र रंगकर्मीमाझ स्तानिस्लाभास्की र उनको पद्दति चर्चित छ । उनै स्तानिस्लाभास्कीका उत्कृष्ट विद्यार्थी हुन माईकल चेकव । माईकल चेकव र स्तानिस्लाभास्की दुवैको तौरतरिका फरक छ । माईकल चेवक प्रसिद्ध रसियन लेखक आन्तोन चेकवका भतिजा हुन् । स्तानिस्लाभास्कीले समेत माईकल चेकवको यो पद्धतीको प्रशंसा गरेका थिए ।
जब माइकल चेकवले आफ्नै पद्धतीको विकास गरे, उनी रसियाबाट निर्वासित भए । त्यसपछि उनले युरोपमा आफ्नो स्टुडियो सुरु गरे । त्यसपछि अमेरिकामा पनि स्टुडियो चलाएर आफ्नो पद्धती फैलाउन थाले । पश्चिमी समाजमा माईकल चेकवको पद्धती चर्चित छ । ओस्कार बिजेता धेरै कलाकारले यो पद्धतीमा काम गर्छन् ।

नेपालमा पछिल्लो समय केही फरक फरक पद्धतिमा अभिनय सिकाउन थालिएको छ । यो पद्धतीलाई गत वर्षदेखि स्कुल थिएटर नेपालले नेपालमा स्थापना गराउन लागिपरेको छ । गत वर्ष पनि यही समयमा यो पद्धतीको कक्षा सञ्चालन गर्न अमेरिकी नायिका, प्रशिक्षक तथा स्टन्ट वुमन लिजा डाल्टन आएकी थिइन् र उनले काठमाडौंमा दुई महिना लामो कार्यशाला चलाएकी थिइन् ।

41 Views

ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal