बलात्कृत किशोरी गर्भसहित भौतारिँदै

२०७७ मंसिर १९ गते, शुक्रबार

गोरखा । १४ वर्षको उमेरमा बच्चा जन्माउन जोखिम देखेपछि गोरखाका एक दम्पतीले बिहीबार छोरीलाई पोखराको थ्री एञ्जल्स नामक संस्थामा सुम्पिएर फर्किए। संस्थाले नै सुरक्षित सुत्केरी गराइदेला भन्ने विश्वासमा छन् उनीहरू।
सात कक्षामा पढ्ने किशोरीको गर्भमा ३१ हप्ताको शिशु हुर्किरहेको छ। वैशाख ११ गते निउरो टिप्न जंगल गएकी उनलाई गोरखा नगरपालिका–८ का ६५ वर्षीय तुलबहादुर थापाले बलात्कार गरेपछि गर्भ रहन गएको किशोरीका आमा बताउँछिन्। ‘चैतमा पहिलो पल्ट महिनावारी भएकी थिई। वैशाखमा पालो हो तर भइन’, उनले भनिन्, ‘महिनावारी भएको सुरुसुरुमा एकरदुई महिना पालो छल्न सक्छ भन्ने सुनेका थियौँ। त्यस्तै भएको होला भन्ने सोचेर खोजतलास गरिएन। लकडाउनले गर्दा पढाइ थिएन त्यसैले असारको अन्तिम हप्तातिर ऊ र उसका दिदी, बहिनी, भाइ सबैलाई गाउँ ९मोतीहारी० पठाइदियौँ। भदौ अन्तिम सातातिर फर्किएर आए। त्यतिबेलासम्म पनि महिनावारी भएकी रहिनछ। पेट पनि ठुल्ठूलो भएको रहेछ।’ मेरीस्टोप्स लगेपछि गर्भमा बच्चा रहेको खुलेको उनले बताइन्।
‘पाठेघरको समस्याले महिनावारी रोकिएको हो कि भनेर चेकजाँच गर्न मेरीस्टोप्स लग्यौँ। मेरीस्टोप्सले भिडियो एक्सरे गर्न आमाबा अस्पताल पठायो। बल्ल पो थाहा भयो, पेटमा बच्चा रहेछ भनेर’, किशोरीका बुबाले भने, ‘हप्कीदप्की गरेर सोधेपछि बल्ल छोरीले माइला थापा ९तुलबहादुर० ले वैशाखमा निउरो टिप्न जाँदा बलात्कार गरेको भनी। घटनाबारे कसैलाई भनेमा स्कुल जाँदा बाटोमा काटेर फालिदने धम्की दिएको रहेछ।’ त्यस दिनदेखि उनले राम्रोसित नखाने, ननिदाउने मुच्र्छा पर्ने, टोलाउने गरेको उनले बताए। शिव उप्रेतीले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।

305 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal