जो बाइडेनको आग्रहः १०० दिन मास्क लगाइदिनुस्
एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले सबै अमेरिकीलाई १०० दिन मास्क लगाउन आग्रह गर्ने बताएका छन् ।
आफ्नो कार्यकालको पहिलो १०० दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन आग्रह गर्ने बाइडेनले बताएका हुन् । नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।
बाइडेनले सिएनएनसँग भनेका छन्, ‘हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास छ ।’सबै सरकारी भवनहरुमा मास्क अनिर्वाय गर्ने पनि उनले बताएका छन् ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ४१ लाख २२ हजार भन्दा बढि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । अहिलेसम्म दुई लाख ७६ हजार भन्दा धेरै अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।
सिएनएनका जेक टापरसँगको अन्तर्वार्तामा बाइडेनले भनेका छन्, ‘मैले सत्ता सम्हालेको पहिलो दिनमा सबै नागरिकसँग १०० दिन मास्क लगाउन आग्रह गर्ने छु । मात्रै १०० दिन, सधैँका लागि होइन । मात्रै एक सय दिन ।’
‘र त्यसको प्रभाव अति हुने अपेक्षा छ । खोपसँगै मास्क पनि लगाइयो भने संक्रमण कम गर्न सकिने छ ।’
संविधानका ज्ञाताहरुका अनुसार अमेरिकी राष्ट्रपतिसँग अमेरिकीलाई मास्क लगाउन आदेश दिने कानूनी अधिकार छैन । तर बाइडेनले आफू र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले मास्क लगाएर उदहारण प्रस्तुत गर्ने बताएका छन् ।
बस, रेल, जहाजसहितका यातायतका साधनमा चढ्दा तथा सरकारी भवनमा जाँदा मास्क लगाउनु पर्ने नियम ल्याउने उनले बताएका छन् ।
ताजा
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५ गते, शुक्रबार
किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?
२०८३ असार ५ गते, शुक्रबार
‘क्याप्टेन साब’को सकियो छायांकन
२०८३ असार ५ गते, शुक्रबार
‘रोल नं १’को टिकटमा ५० प्रतिशत
२०८३ असार ५ गते, शुक्रबार
फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार
२०८३ असार ५ गते, शुक्रबार
के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?
२०८३ असार ५ गते, शुक्रबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





