२५ आवश्यक सेवामा हड्ताल गर्न निषेध

काठमाडौं । सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । हालसम्म १८ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको थियो । हाल सार्वजनिक गरेको सूचीमा १८ अत्यावश्यकसहित थप ७ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको हो ।
सरकारले राजपत्रमा आवश्यक सेवामा निषेध गरेको उल्लेख गर्दैै सूचना सार्वजनिक गरेको छ । सरकारको आवश्यक सेवा सञ्चालन ऐन–२०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको जनाएको छ ।
गृह मन्त्रालयले अत्यावश्यक सेवाको स्थानमा आवश्यक सेवा उल्लेख गर्दै सबै किसिमको हड्ताल गर्न निषेध गरेको जनाएको छ । राजपत्रमा उल्लेख भएअनुसार नयाँ थपिएको आवश्यक सेवामा मौसम, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजर, भेटेरिनरी सेवा रहेका छन् ।
त्यस्तै, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवालाई बन्द हड्ताल निषेधित सेवाअन्तर्गत राखिएको छ । यसअघिको अत्यावश्यक सेवामा यी विषय समावेश गरिएको थिएन ।
अब मास्क, सेनिटाइजर बोक्ने सवारीसाधनलाई समेत आवश्यक सेवाको सूचीमा राखिएको छ । सरकारले यही १५ गते प्रकाशित गरेको राजपत्रमा २५ विषयलाई बन्द हड्ताल गर्न नहुने सूचीमा समावेश गरिएको छ ।
यसअघि डाक तार टेलिफोन सेवा, जल, थल र हवाईमार्गबाट यात्री र मालसामान ओसोर–पसार गर्ने यातायात सेवा, हवाई अड्डा, त्यसको सञ्चालन वा मर्मतसम्बन्धी सेवा, हवाई ग्राउन्डेड, सरकारी गोदामाको मालसामान ओसार–पसार गर्ने वा राख्ने र झिक्ने र थन्क्याउने कामसंँग सम्बन्धित सेवा रहेका छन् ।
त्यस्तै, प्रिन्ट र सरकारी छापाखाना सम्बन्धित सेवा, हातहतियार खरखजाना र अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसंँग सम्बन्धित रक्षा व्यवस्थाको सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षासम्बन्धी सेवा, खानेपानी सञ्चालन, तथा वितरणसम्बन्धी सेवा, एलपी ग्याससहित कुनै पनि प्रकारको पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सेवा रहेका छन्
त्यस्तै, आवश्यक सेवाअन्तर्गत दैनिक उपयोग्य वस्तुतर्फ खाद्यान्न, दाल, चामल, नुन तेलजस्ता वस्तुको पैठारी, ढुवानी, भण्डारण तथा वितरण, विद्युत्सँग सम्बन्धित सेवा, फोहोरमैला संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण, संकलन स्थल तथा व्यवस्थापन लगायत छन् ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेवा, बिमासँग सम्बन्धित सेवालाई समेत आवश्य सेवामा राखिएको छ । यी सेवामा हड्तालजन्य काम गरे प्रमुख जिल्ला अधिकारीले कारबाही गर्न सक्नेछन् । सरकारले जारी गरेको ती सेवामा कुनै पनि किसिमको अवरोध गरे ६ देखि १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था गरेको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
ताजा

धमाधम उठ्न थाल्याे राजधानीको फो,होर
२०७९ श्रावण २९ गते, आईतवार
धमाधम उठ्न थाल्याे राजधानीको फो,होर
२०७९ श्रावण २९ गते, आईतवार
साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !
२०७९ श्रावण २९ गते, आईतवार
म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, बि,रामी भएँ भने उपचारका लागि म मेरो घर बे,च्न पाउँदिनँ : (ओली)
२०७९ श्रावण २९ गते, आईतवार
कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?
२०७९ श्रावण २९ गते, आईतवार
कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवारचरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे
२०७९ श्रावण २९ गते, आईतवार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
२०७९ श्रावण २९ गते, आईतवार
डाक्टरले मृ,त घोषणा गरेका बालकले आँ,सु झारेको दाबी, अस्पतालमा त,नाव
२०७९ श्रावण २८ गते, शनिबार
निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार
२०७९ श्रावण २८ गते, शनिबार
बि,रामी परेकी तीर्थयात्रीलाई प्रहरीले गर्यो पिठ्यूँमा बोकेर उद्धार
२०७९ श्रावण २८ गते, शनिबारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार