टेरामक्स अनुसन्धान अन्तिम चरणमा पुगेको छ, छिट्टै रिजल्ट आउँछ 

२०८० फाल्गुन १५ गते, मंगलवार

काठमाडौं । टेरामक्स प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दाबी गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मंगलबार अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग यस विषयमा चासो राखेको थियो ।

बैठकमा उनले टेरामक्स प्रविधिमा भ्रष्टाचार प्रकरणको अनुसन्धान टुंगिन लागेको बताएका हुन् । लेखा समितिको बैठकमा उनले भने, ‘अनुसन्धान करिब अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउनसक्छ।’

समितिले अख्तियारलाई विभिन्न समयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र अभियोजन प्रक्रियामा लैजान दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था, कार्यप्रगतिका विषयमा आयोगका प्रमुख राईलाई सोधेको थियो । गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको समेत प्रभावकारी रूपमा अनुसन्धान गरी त्यस्ता कार्यहरूलाई कारबाहीको दायरामा ल्याउन समितिले आयोगलाई निर्देशन दिएको थियो ।

त्यस्तै, समितिले सरकारलाई पनि भ्रष्टाचार प्रकरणका अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सम्झौता गर्न पनि निर्देशन दिएको छ ।

सभापति ऋषिकेश पोखरेलले भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरूले कतिपय विषय र अवस्थाहरूमा बहुआयामिक अध्ययनरअनुसन्धान र अन्य सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ । सो कार्यका लागि बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुन्छ, सभापति पोखरेलले भने, यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान प्रक्रिया प्रभावित हुन गएको देखिएकोले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरू गर्न, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्नरगराउन समितिको यो बैठक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।ु

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal