टेरामक्स अनुसन्धान अन्तिम चरणमा पुगेको छ, छिट्टै रिजल्ट आउँछ

काठमाडौं । टेरामक्स प्रकरणको अनुसन्धान अन्तिम अवस्थामा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले दाबी गरेका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मंगलबार अख्तियार प्रमुख प्रेम राई र आयोगका सचिवसँग यस विषयमा चासो राखेको थियो ।
बैठकमा उनले टेरामक्स प्रविधिमा भ्रष्टाचार प्रकरणको अनुसन्धान टुंगिन लागेको बताएका हुन् । लेखा समितिको बैठकमा उनले भने, ‘अनुसन्धान करिब अन्तिम अवस्थामा पुगेको छ, केही समयभित्रै रिजल्ट आउनसक्छ।’
समितिले अख्तियारलाई विभिन्न समयमा शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुग्न र अभियोजन प्रक्रियामा लैजान दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था, कार्यप्रगतिका विषयमा आयोगका प्रमुख राईलाई सोधेको थियो । गैरआर्थिक भ्रष्टाचारजन्य कार्यको समेत प्रभावकारी रूपमा अनुसन्धान गरी त्यस्ता कार्यहरूलाई कारबाहीको दायरामा ल्याउन समितिले आयोगलाई निर्देशन दिएको थियो ।
त्यस्तै, समितिले सरकारलाई पनि भ्रष्टाचार प्रकरणका अनुसन्धानका लागि विभिन्न मुलुकहरूसँग सूचना लिनुपर्ने भएकाले त्यसका लागि सम्झौता गर्न पनि निर्देशन दिएको छ ।
सभापति ऋषिकेश पोखरेलले भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य अनुसन्धान गर्ने सरकारी निकायहरूले कतिपय विषय र अवस्थाहरूमा बहुआयामिक अध्ययनरअनुसन्धान र अन्य सूचना आदानप्रदान गर्नुपर्ने हुन्छ । सो कार्यका लागि बहुपक्षीय, दुईपक्षीय सम्झौता आवश्यक हुन्छ, सभापति पोखरेलले भने, यस्ता सम्झौताहरू हुन नसकेको कारण अनुसन्धान प्रक्रिया प्रभावित हुन गएको देखिएकोले आवश्यकताअनुसार बहुपक्षीय र दुईपक्षीय सम्झौताहरू गर्न, संसद्बाट अनुमोदन गराउने कार्यलाई प्राथमिकताका साथ गर्नरगराउन समितिको यो बैठक नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन गर्दछ ।ु
ताजा

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता
२०८२ असार २२ गते, आईतवार
विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता
२०८२ असार २२ गते, आईतवार
विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद
२०८२ असार २२ गते, आईतवार
नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २२ गते, आईतवार
तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान
२०८२ असार २२ गते, आईतवार
अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ
२०८२ असार २२ गते, आईतवार
अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए
२०८२ असार २२ गते, आईतवार
‘तीज आयो साथी संगी’ भन्दै सुशीला
२०८२ असार २२ गते, आईतवार
सभापति खतिवडाले मनपरी गरेको कांग्रेस सांसद थानीको आरोप
२०८२ असार १८ गते, बुधबार
एमाले सांसद राईद्वारा सभापति खतिवडाको राजीनामा माग
२०८२ असार १८ गते, बुधबार
पूर्वराष्ट्रपति भण्डारीद्वारा सबै सरकारी सेवासुविधा फिर्ता
२०८२ असार १८ गते, बुधबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार