कविताः दंग छौ है तिमी ?

२०७७ मंसिर १५ गते, सोमबार

लिला बल्लभ नेपाल, बिराटनगर
तिम्रो लामो बलिदान तिमीलाईनै घाँडो भएको देख्दा,
तिम्रा मुटुका ढुकढुकीहरु तिमीले आफै सुन्न नसक्दा,
खै कहाँ होला सपुतहरुले स्वर्ग जाने बाटो,
आखिर सबै निमिट्यान्न पारेर दंग छौ है तिमी ?

आफ्नै नामको भजनले इश्वर प्रशन्न हुने भए,
किन चाहिन्थे होला भक्तराजहरु यहाँ ?
तिमी आफैले भगवान जन्माउन सक्ने भए,
किन छट्पटाउछिन आमा प्रसुतिका ब्यथासँग,
आखिर भोकालाई नै नंग्याएर दंग छौ है तिमी ?

तिमी बाहेक मेरो कोही थिएन यो संसारमा,
म जस्ता भोका नांगाहरुले देखेको सपना थियौ तिमी,
भुल भयो सपनालाई सत्य ठानेर निदाउँन खोज्नु,
झल्यास्स ब्युँझिदा ओच्छ्यानमा सबै भ्रम रहेछ,
आखिर सबैलाई पश्चातापमा जलाएर दंग छौ है तिमी ?

238 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal