डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

डोटी । जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् ।
सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको अस्पताल स्थापना हुने भएको छ ।
जिल्लाको पूर्वीचौकी, केआइसिंह, सायल, बडिकेदार गाउँपालिका र शिखर नगरपालिकामा १०÷१० शय्याका अस्पतालको शिलान्यासको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न स्थानीय तहमा १०÷१० शय्याका अस्पताल आज शिलान्यास गरिँदै छ, जसका लागि सबै काम तयारी अवस्थामा छ ।”
विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । करिब ३८ वर्ष पहिले अस्पताल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको उक्त क्षेत्रमा रााजनीतिक खिचातानीका कारण अस्पताल बन्न सकेको थिएन ।
सरुवा रोगसम्बन्धी अस्पताल यहाँका तराईका जिल्लामा स्थापनाका लागि त्यहाँका राजनीतिक दलका नेताले विभिन्न प्रयास गरे पनि अन्ततः डोटीमा उक्त अस्पताल स्थापना हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका समाजसेवी धनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरुवा रोगसम्बन्धी अस्पताल तराईका जिल्लामा बनाउने नेताबीच निकै खिचातानी थियो, अन्ततः हाम्रो जिल्लामा बन्ने भयो यसैमा हामी खुशी छौँ ।”
ताजा

हर्क साम्पाङ्ग माथि आ,क्रमण गर्न खोज्ने एमाले नेतालाई प्रहरीको ढाड भा,चिने गरी गोरु चु,टाइ
२०७९ श्रावण १८ गते, बुधबार
हर्क साम्पाङ्ग माथि आ,क्रमण गर्न खोज्ने एमाले नेतालाई प्रहरीको ढाड भा,चिने गरी गोरु चु,टाइ
२०७९ श्रावण १८ गते, बुधबार
ठगी आ,रोपी प,क्राउ गर्न बिशेष व्यूरोको परिचालन प्रहरीमा ग,लत नजिर
२०७९ श्रावण १८ गते, बुधबार
झनै कडा बनेर निस्किए हर्क साम्पाङ, चाले अर्को क,ठोर कदम !
२०७९ श्रावण १८ गते, बुधबार
बन्जीजम्प गर्दा डोरी चुँ,डिएर श्रीमानको आँखा अगाडि श्रीमतीको मृ,त्यु,
२०७९ श्रावण १८ गते, बुधबार
चिनकाे चे,तावनि -अमेरिकाले ठुलाे मूल्य चु,कमउनुपर्छ
२०७९ श्रावण १८ गते, बुधबार
सप्तकोसी नदी बस्तीमा पसेपछि ९ सय बढी परिवारलाई सुरक्षित ठाउँमा सारियो
२०७९ श्रावण १८ गते, बुधबार
डिउटीमा रहेका नगर प्रहरीलाई धरानका मेयर हर्क साम्पाङ्ग आँफै’ पुगे खाजा र पानी बोकेर
२०७९ श्रावण १८ गते, बुधबार
चीनको अत्याधुनिक जासुसी जहाज श्रीलंकाको हम्बनटोटा जाने खबरले भारतमा खै,लाबैला
२०७९ श्रावण १८ गते, बुधबार
सप्तकोसी नदी बस्तीमा, उ,द्धार कार्य जारी
२०७९ श्रावण १८ गते, बुधबार
वुटवलमा श्रीमानले ब,लात्कार गरेको भन्दै पत्नीद्धारा उ,जुरी
२०७९ श्रावण १८ गते, बुधबारलोकप्रिय
शिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार