पुष्करलालको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

२०७७ मंसिर १५ गते, सोमबार

काठमाडौं । नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ ।
श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७ औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् ।
कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।
पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब एक सय देश घुमिसक्नु भएका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गर्नुभएको छ । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।
मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेट्नु भएको छ । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुग्नु भएका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उहाँको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।
नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरु बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नै पर्ने स्रोत सामग्री बनेको छ ।
उहाँको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’मा नेपाली राजनीतिलाई चिरफार गरिएको छ । विदेशका अभ्यासहरु पनि पुस्तकमा रोचक ढंगले समेटिएका छन् । ‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठले एक रोचक सन्दर्भमा उल्लेख गर्नुभएको छ ।
किताबमा कूटनीतिक सन्दर्भहरु पनि बारम्बार आउँछन् । सरकार र प्रशासनिक निकायहरुलाई सुझाव र सल्लाह पनि लेखक श्रेष्ठले दिनुभएको छ । ‘तीन घण्टापछि राहत सामग्रीसहित दर्जन हेलिकोप्टर काठमाडौंमा ओराली सहयोगको हात बढाउने भूकम्पलाई झेल्न सफल एवं अनुभवी छिमेकी समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विज्ञहरुको सल्लाह सुझाव लिएर अल्पकालीन र दीर्घकालीन योजना अघि सार्ने हो भने अझै विदेशी दातृ निकायहरुको विश्वास जित्न सकिने अवस्था छ’ एक सन्दर्भमा लेखक श्रेष्ठ उल्लेख गर्नु भएको छ । ‘दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यांै, न त स्विजरल्यान्ड जस्तो’ अर्को सन्दर्भमा उहाँले तिखो टिप्पणी गर्नु भएको छ ।
नेपालको अवस्था बुझ्न ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ निकै सहयोगी स्रोत सामग्री हुने छ । पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि श्रेष्ठलाई नेपालका डाक्टरले ग्यास्ट्रिक भन्दै औषधी खुवाइरहेको, फुटबल खेल्दा खुट्टा नै बाङ्गो हुने गरी घुँडामा समस्या हँुदा समेत ३५ वर्षअघि मर्केको खुट्टामा ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको, परिणामस्वरुप जीवनभर खेलजीवनबाट संन्यास लिन बाध्य हुनुपरेको उहांका मार्मिक सन्दर्भले किताब भरिएको छ ।
पुस्तकमा सञ्चारविद् प्रा। पी। खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा। सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालजस्ता वरिष्ठ र बहुचर्चित व्यक्तिहरुले आ–आफ्ना धारणा प्रकट गर्नुभएको छ । २०७६ वैशाख ४ गते ६० वर्षको अल्पायुमै दिवंगत हुनुभएका श्रेष्ठका बारेमा उहाँका पुत्रहरु दिरेकलाल श्रेष्ठ र अनुजलाल श्रेष्ठले पितामाथि गरेको विश्लेषण पनि पुस्तकमा समेटिएको छ, जो मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि पठनीय सन्दर्भ बनेको छ ।
पुष्करलालले ६० वर्षको उमेर पछि सक्रिय पत्रकारिता तथा मिडिया व्यवस्थापनको नेतृत्वबाट आंशिक अवकास लिने र चारवटा किताब प्रकाशन गर्ने योजना बनाउनु भएको थियो । यसमा यात्रा वृत्तान्त, राजनीतिक गतिविधि, आम सञ्चार र आत्मकथा गरी चार विधामा कलम चलाउने र पहिलो पुस्तक ६१औं जन्मोत्सवका दिन २०७६ साल साउन २५ गते विमोचन गर्ने उहाँको योजना रहेको थियो । हरेक दिन डायरी लेख्ने उहाँसँग पुस्तकका लागि पर्याप्त सामग्री थिए । तर, उहाँसँग समय रहेनछ, बीचमै यस संसारलाई छोडेर जानुप¥यो । उहाँको सोही इच्छा पूरा गर्ने यो पहिलो प्रयास हो । उहाँ स्वयंले लेख्ने जीवन–कथा प्रकाशनको सपना उहाँको जीवनसँगै समाप्त भएको छ, तर बाँकी तीन विधामा उहाँले लेखेका आलेखहरु कामना समूहसँग अझै सुरक्षित छन् ।
कुल ३४८ पृष्ठको मोटो गाता ९हार्ड कभर०मा प्रकाशित ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पुस्तकको मूल्य रु। १,२५० राखिएको छ भने पेपर ब्याकको पुस्तक रु। ७०० मा प्राप्त गर्न सकिन्छ । श्रेष्ठको जीवनीमा आधारित अघिल्लो कृति ‘कलम’ जस्तै यस प्रकाशनलाई पनि सफल बनाउन प्रकाशकका तर्फबाट हामी सम्पूर्ण श्रद्धेय पाठक वर्गमा सादर अनुरोध गर्दछौं । मुलुकभित्र मुख्य शहरमा रहेका प्रभावशाली पुस्तक पसल तथा पत्रपत्रिका विक्रेताबाट खरिद गर्नसकिने यस पुस्तकका लागि काठमाडौं उपत्यकाका पाठकहरुले अनलाइन खरिद पनि गर्नसक्नुहुनेछ । इच्छुक व्यक्तिले सीधै ९८५१०७२००४ वा ९८४१४०३७७३ मा फोन गरेर पनि पुस्तक मगाउन सक्नुहुनेछ ।

439 Views

ताजा

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो

२०८३ बैशाख १७ गते, बिहीबार

युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा

२०८३ बैशाख १७ गते, बिहीबार

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी

२०८३ बैशाख १६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal