देउवाले रेकर्ड नै बनाए

२०८० माघ २१ गते, आईतवार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको इतिहासमा एउटा काम गरेर रेकर्ड नै राखेका छन् । पार्टी सञ्चालन गर्नेसहित अन्य केही कुरामा उनीसँग कसैको केही असन्तुष्टि भए पनि २०४८ सालदेखि निरन्तर संसद जितेर उनले रेकर्ड राखेका छन् ।

उनी २०४८, २०५१, २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा विजयी भए । उनी २०६४ र २०७० सालको संविधानसभाका साथै २०७४ सालको र २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा पनि विजयी भए । उनले कहिले दुई क्षेत्रबाट त कहिले एक क्षेत्रबाट निर्वाचन जिते । उनले आफ्नो गृहजिल्ला डडेलधुरा भनें छोडेका छैनन् । उनले कुनैकुनै निर्वाचनमा अन्य क्षेत्रमा पनि गएर निर्वाचन जिते । अहिले भनें एकैजना दुइवटा क्षेत्रमा उम्मेदवार हुन पाइँदैन । देउवाबाहेक अरु कसैले पनि निरन्तर ७ पटक निर्वाचन जितेका छैनन् । देउवा पाँच पटक प्रधानमन्त्री भएका छन् । उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएर मत माग्न जाँदा ज्योतिषीले आफूलाई सात पटकसम्म प्रधानमन्त्री हुने योग छ भनेर भनेको बताएका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका नेतासमेत हुन् । ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्ने अवस्था आए देउवा फेरि पनि प्रधानमन्त्री बन्न सक्छन् ।

116 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal