नमेटिने दाग
योगेश राल्फाली
क्याम्पस पढ्न जाँदा मात्रै हैन घाँस दाउरा मेलापात गर्दा पनि नोर्गिन र पासाङ सँगसँगै जाने गर्थे । दुबै जना एक आपसमा औदी मन पराउँथे । घर गाउँले र छरछिमेकीले पनि यी दुईको जोडीलाई खुब प्रसंशा गर्थे । दुबैको घरपरिवारले पनि यी दुईको प्रेम स्वीकारी सकेको अवस्था थियो । नोर्गिन र पासाङ एक अर्का बिना बाँच्न नसक्ने अवस्थामा गहिरो प्रेम बसिसकेको थियो । नोर्गिनको परिवार मध्यम वर्गका थिएभने पासाङको परिवार भने अत्यन्त गरीब । उमेले नेटो काट्दै गएसँगै दुबै परिवारबाट पासाङ र नोर्गिनको विवाहको कुरा चल्छ । आफ्नो मुटुलाई घरमा भित्र्याउन पासाङलाई मन नभएको त कहाँ हो र ? तर घरको नाजुक अबस्था अनि सिरानी मुनि राखिएको बेकामे व्याज्लरको प्रमाण–पत्र साथै आफू बेरोजगारका कारण तत्काल विवाह गर्ने मुडमा छैन उ ।
तर नोर्गिन भने तत्काल विवाह गरेर हरहालतमा पासाङलाई आफ्नो बनाउन चाहन्थी । पासाङको परिस्थिति भने नोर्गिनले सोचे जस्तो अवस्थामा थिएन । बिहान बेलुका छाक टार्न धौ–धौ अवस्थामा नोर्गिनलाई घरमा भित्र्याउदा भोलि नोर्गिन पनि तीनै समस्या र अभावको भूमरीमा रुमलीदा उसको मन कति रोला भन्ने मनोदशा थियो पासाङको । जब घरपरिवारमा विवाहको कुरो चल्न थाल्छ त्यसदिनदेखि निन्द्रा परेको छैन पासाङलाई । सोच्दा सोच्दै हप्ता बित्यो । मंसीरमा विवाह गर्ने गाँईगुई छ दुबैको परिवारमा । पासाङले आमा बालाई विवाह गर्ने पैसा छैन कसरी विवाह गर्ने भनी सल्लाह माग्दा घर जग्गा धितो राखेर ऋण निकाल्ने सल्लाह हुन्छ । ठीक यसै बेला पासाङले बरु ऋण निकालेर दुई÷तीन साल कमाएर आएपछि विवाह गर्ने प्रस्ताव राख्छन् । आमा बुबालाई पनि पासाङको कुरा ठीकै लाग्छ । पासाङलाई एक चरण विदेश पठाउने सल्लाह मिल्छ । तर यो कुरा नोर्गिनलाई तत्काल भन्न हुन्न भन्ने घरसल्लाह हुन्छ । पारिवारिक सल्लाह बमोजिम पासाङ मेनवापर धाउन थाल्छन् । बुबा भने जग्गा धनी प्रमाणपत्र बोकेर बैंक धाउन थाल्छन् । पासाङ विदेश जाने चक्करमा लाग्दा नोर्गिनसँगको भेटघाट पातलिनु स्वभाविकै हो । पासाङ अचेल आफूबाट टाढिदै गएकोमा पक्कै विवाहको तयारीमा होला भन्ने सोचेकी थिई नोर्गिनले । पासाङसँगको भेटघाट पातलिएकोमा मनमा भने भत्भती ज्वाला दन्किरहेको थियो नोर्गिनको । पानी बिना माछा बाँच्न सक्ला तर पासाङ बिना बाँच्न नसक्ने अवस्थामा थिई नोर्गिन । पासाङ टाढिदै गएको कतै आफूलाई धोका दिन त होइन भन्ने आशंकाले पनि पिरोल्न थाल्यो नोर्गिनलाई । पासाङ भने विदेश जाने तयारीमा दौडधुपमा हुन्छ । विदेश जाने चक्करमा पासाङ हप्ता दिन लामो सहर बसाई हुन्छ । तर नोर्गिन भने पासाङले विभिन्न बहानामा आफूबाट टाढिन खोजेकै हो भन्ने निश्कर्षमा पुग्छे । साँझ विहान फोनमा गफ नभएको भने होइन । पासाङ र घरपरिवारले विदेश जाने कुरा भने घरगाउँले कसैलाई सुनाएको छैन । पासाङको बुबाले पनि छोरालाई परदेश पठाउन ऋण काडेर खर्चको जोहो गरिसकेको हुन्छ ।
नोर्गिनको शंका र दिनदिनको कचकचले गर्दा पासाङले केही दिन मोबाईलबाट सिम निकालेर राख्छन् । हुन त पासाङलाई पनि नोर्गिनबाट टाढा हुने मन त कहाँ थियो र ? नोर्गिनले मोबाइल किन बन्द भनि सोधि भने हराएको भनौला भन्ने सोचले पासाङले यसो गरेका हुन् । पासाङ घरि श्रमकार्यालय धपाउने घरि मेनपावर धाउने घरि ओरिनटेसन क्लास धाउने गर्दा झन्नै महिना बित्छ । उता नोर्गिन भने पासाङको चाला र बन्द मोबाईलका कारण दिनरात छटपटिन थाल्छे । साँझ विहान पासाङको घरमा बा आमालाई बुझ्न पासाङको घरमा पुग्छे । तर पासाङका बा आमाले पनि छोराको सल्लाह अनुसार निधो कुरा दिन्नन् । पासाङको पारिवारिक गतिविधि देखेर हैरान छें नोर्गिन । कतै घर सल्लाहले नै आफूलाई छोड्न खोजेको त हैन ? भन्ने अड्कल काट्छे नोर्गिन । विदेश जाने मेसो मिलाउँदा एक महिना लामो शहर बसाईपछि घर फर्किन्छ पासाङ । पासाङ घर आएको पत्तो पाउन साथ पासाङकोमा पुग्छे नोर्गिन । आफूलाई एक्लै छाडेर मोबाईल बन्द गरेकोमा रिस पोख्दै नोर्गिन रुन थाल्छे । पासाङ नोर्गिनलाई सम्झाउन लाख कोशिस गर्छ तर नोर्गिनको आँखाबाट आँसु रोकिएन । विदेश जाने करिब करिब निधो भइसकेकोले अब नोर्गिनलाई सबै कुरा बताउने सल्लाह हुन्छ पासाङको परिवारको । विदेश जाने कुराले झन विलौना गर्दै रुन थालि नोर्गिन । एक महिना काठमाडौं बस्दा त मोबाईल बन्द गर्नेले वर्षाै विदेश जाँदा त आफूबाट टाढिन्छ, अर्काेसँग विवाह गर्छ भन्दै रुन थालिन नोर्गिन । पासाङको घरमा आजै भित्रिने र पासाङलाई आफ्नो बनाई छाड्ने अड्डी कस्छे नोर्गिन । पासाङ आफू नोर्गिनको बाहेक कसैको होइन, बाध्यता बुझ्न सम्झाउन थाल्छ तर आज नोर्गिन सम्झने अवस्थामा छैनन् ।
आमा बुबाको लाखौ कोशिस पश्चात पासाङ विदेश गएपनि घरमा भित्र्याएर मात्रै जाने सर्तमा नोर्गिन पुगि । नोर्गिनको जिद्दी र आफ्नो बाध्यता मिलाउन पासाङलाई महाभारत भयो । विवाहपछि गर्ने तर विदेश जानु अगाडि नोर्गिनलाई घरमा भित्र्याई राख्ने सल्लाह बमोजिम नोर्गिन रुदै घर गई । भोलिपल्ट पासाङ र बुबा हिजोको सल्लाह अनुसार नोर्गिनको घरमा पुग्छन् । नोर्गिनको परिवारले पनि सल्लाह बमोजिम हुन्छ भन्छन् । तर नोर्गिनको मनबाट चिसो भने हटेको छैन । उनको मनमा अनेकौ तर्कनाहरु खोलिरहेछ । पासाङको बाउ छोरा फर्केपछि त झन नोर्गिन चोटामा गएर भकानिएर रुन थाल्छे । पासाङले आफूलाई धोका दिन चालेको चाल मात्रै हो भन्ने निश्कर्षमा पुग्छे उ । यही शंका उपशंकाले रातभरी जाग बसीन नोर्गिन । नोर्गिनको घरबाट बिदा भएर साँझ घर पुग्ने बित्तिकै पासाङलाई भोलि जसरी भएपनि मेनपावर आईपुग्नु भनेर फोन आउँछ । भोलिपल्ट विहानै पुनः काठमाडौं लाग्छ पासाङ । विहानै किन फोन गर्नु दिउँसो गरौला भनेर नोर्गिनलाई फोन नगरी लाग्छ पासाङ । बीच बाटोमा पुग्दा नोर्गिनको फोन आउँछ । पासाङ आफूलाई केही नभनि काठमाडौं गएकोमा झन आगो हुन्छे नोर्गिन । पासाङ काठमाडौं हिडेको सुन्ने बित्तिकै फोन थपक्क काटेर सिम झिक्छे । नोर्गिनलाई सम्झाउन सयौ पटक फोन गर्छ पासाङ तर सम्पर्क हुन सकेन । अस्ति पासाङले जस्तै गरि मोबाईलको सिम झिकेर नोर्गिनले ।
विदेश जाने बहानामा आफूलाई धोका दिन खोजेको निश्कर्षमा पुग्छे नोर्गिन । जसरी भएपनि पासाङलाई विदेश नपठाउने र आफ्नो बनाई छाड्ने योजना बुन्न थाल्छे पासाङ । योजना सोच्दै आँखाभरी आँसु पार्दै विछ्याउनमा छे नोर्गिन । सोच्दा सोच्दै पासाङले आफ्नो भावना माथि बलत्कार गरेको निश्कर्षमा पुग्छे र एकोहोरिदै नजिकैको बजारमा गई नयाँ सिम लिन्छे पुरानो सिम नचलाएर पछि पासाङसँग उसको सम्पर्क नै हुन्न । आफ्नो भावना माथि पासाङले बलात्कार गरेको सोच्दै नजिकैको चौकीमा गई नोर्गिनले पासाङलाई बलात्कारको आरोपमा निवेदन दिन्छे । वास्तवमै बलात्कार गरेको हो भने किटानी जाहेरी दिन सल्लाह हुन्छ त्यहाँ । यसरी मुद्दा दिएपछि पुलिसले पासाङ समात्छ त्यसपछि मिलापत्र गरौला उ विदेश जान बन्द हुन्छ । पासाङ आफ्नो भईहाल्छ भन्ने छोटो बुद्धिमा पुग्छे नोर्गिन । पासाङलाई आफ्नो बनाएरै छाड्ने अड्डीले नोर्गिन यतिसम्म तल गिरेर पासाङमाथि आरोप लगाउन पुगिन । पासाङ भने विदेश जाने चक्करमा हुन्छ । मेनपावर पुगेर बुझ्दा अबको ४ दिनमा परदेशीनु पर्ने त्यसभन्दा एकदिन अगाडि पैसा बुझाउनुपर्ने सल्लाह हुन्छ । मेनवारबाट । तयही सल्लाह अनुसार तुरुन्तै घर फर्कन्छ पासाङ । तर दुर्भाग्य पासाङ घर आएको खबर आउने बितिकै प्रहरी आएर बलत्कारको मुद्दामा समातेर लग्छ पासाङलाई ।
पासाङलाई आफ्नो बनाउने दुश्चक्रमा कुबुद्धि लिदा आज नोर्गिनले कहिल्यै नमेटिने दाग लगाई । हाम्रो कानुन पनि कानुनै हो । प्रमाण– खोज्दैन बोलिदिएकै भरमा यस्ता जघन्य मुद्दा लाग्ने गर्छ । क्षणिकको छोटो सोचमा नोर्गिनले पासाङलाई खोरमा हालि । हुन त उनले आफ्नो बनाउन त्यसो गरेकी हो । तर मुद्दा दर्ता भईसकेपछि अदालती फैसला बेगर केही गर्न सक्ने अवस्था छैन । नोर्गिनले सोचे जस्तो सजिलो छैन कानुन । आफ्नो जिन्दगीलाई आफ्नैले आज कहिल्यै नमेटिने दाग लगाई । पासाङ अब यो झुटो मुद्दाबाट उम्किन सक्ला नसक्ला ? तर दाग भने कहिल्यै नमेटिने भो । नोर्गिनले झुटो हो भने पनि अब पासाङ फस्यो नै । आज विदेश जाने र केही कमाएर ल्याई नोर्गिनसँग विवाह गर्ने पासाङको सपना विपनाको खोरमा थुनिएको छ, नराम्रो दाग बोकेर । आफ्नैले रहेछ यहाँ फसाउने विगार्ने । मात्र पासाङ अब अदालती फैसलाको पर्खाइमा छ झुठो मुद्दामा नमेटिने दाग बोकेर………… ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





