मुसहर बस्तीमा पूर्वराजा ज्ञानेन्द्र शाह

२०८० माघ ७ गते, आईतवार

बारा। बाराको सिमरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शनिवार जीतपुरसिमरा उपमहानगरपालिका ६ स्थित मुसहर बस्ती पुगेका छन्। शाह परिवारका सदस्यसहित बस्ती पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्रसँग पत्नी कोमल, छोरी प्रेरणालगायत पूर्वराजपरिवाका सदस्य सहभागी छन्।

प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेका थिए। पूर्व राजपरिवारभित्रका सदस्यले निर्माण गरी हस्तान्तरण गरेको बस्ती अवलोकन गर्न पूर्वराजा मुसहर बस्ती पुगेका हुन्।

बस्तीमा निर्माण भएको घरभित्र पसेर पूर्व राजदम्पतीले मुसहर समुदायका नागरिकसँग भलाकुसारी गरेका थिए। बस्तीमा एक घण्टा बिताएका उनीहरुले चिया समेत पिएका थिए।

पूर्व राजपरिवारको स्वागतमा मुसहर समुदायका युवायुवतीले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। यसअघि पूर्वराजदम्पतीलाई बस्तीमा बसोबास गर्ने २० वटै घरका परिवारका सदस्यले स्वागत गरेका थिए।

सो क्रममा बस्तीमा बसोबास गर्ने नागरिकका लागि दिवा भोजनको व्यवस्थापन समेत गरिएको थियो। पूर्वराजाले दिवा भोजनका लागि बनाइएको परिकार बस्तीका नागरिकलाई खाना खान आग्रह गरिरहेका थिए।

पूर्वराजालाई बस्तीमा स्वागत गर्न पाउँदा मुसहर समुदायका नागरिक खुशी देखिन्थे। चुहिएको घरमा कष्टकर जीवन बिताइरहेका २० परिवारका लागि प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले पाँच करोड भन्दा बढीको लागतमा बस्ती नै निर्माण गरेर हस्तान्तरण गरेको हो।

उक्त बस्तीमा २० वटा घर छ। सात धुर जमिनमा निर्माण भएको एउटा घर तीन कोठाको छ भने प्रत्येक घरलाई छुट्टै शौचालय र चापाकलको व्यवस्था गरिएको छ।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal