राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

२०८० पुष २९ गते, आईतवार

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।

निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ ९१० सँग सम्बन्धित अनुसूची–१ बमोजिम ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको छ । आयोगले आज निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको हो ।

उक्त खर्च मतदाता नामावली खरिद, सवारीसाधन तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज विज्ञप्ति जारी गरी उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन निर्देश गरिएको जनाएका छन् ।

निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सूचित गरेको छ ।

उन्नाइस सदस्यीय पदका लागि हुने निर्वाचनका लागि सातै प्रदेशमा ५१ उम्मेदवार कायम रहेका छन् । ती उम्मेदवारलाई आयोगले शनिबार निर्वाचन चिन्ह वितरण गरिसकेको छ ।

133 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal