प्रचण्डको स्वीकारोक्तिः एक वर्षमा सोचेजति नतिजा दिन सकिएन

२०८० पुष ५ गते, बिहीबार

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एक वर्षमा सोचे अनुसारको नतिजा दिन नसकेको स्वीकार गरेका छन् ।

विराटनगर विमानस्थलमा बिहीवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । गठबन्धनको सरकार भएकाले पनि सोचेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् ।

सोचेअनुसार नतिजा दिन नसके पनि सरकार असफल भने नभएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । ‘मैले जति सोचेको हो त्यसरी भयो भन्ने मेरो दाबी छैन,’ उनले भने ‘गठबन्धनको सरकार हो । धेरै सीमा र अप्ठ्यारा हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारी पनि थियो ।’

सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरामा भने सरकार सफल भएको उनको भनाइ थियो । ‘सरकारले सामाजिक न्याय, मिटरब्याज पीडितका र नागरिकता समस्या हल गर्यो भ्रष्टाचार र सुशासनको पक्षमा यो स्तरको कहिल्यै छलफल भएको थियो ?, प्रतिप्रश्न गर्दै उनले थपे, ‘भू–माफियाका विरुद्ध कदम चालिएको छ । सरकार अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ऐतिहासिक रुपमा सफल छ ।’

160 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal