प्रचण्डको स्वीकारोक्तिः एक वर्षमा सोचेजति नतिजा दिन सकिएन

२०८० पुष ५ गते, बिहीबार

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एक वर्षमा सोचे अनुसारको नतिजा दिन नसकेको स्वीकार गरेका छन् ।

विराटनगर विमानस्थलमा बिहीवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । गठबन्धनको सरकार भएकाले पनि सोचेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका हुन् ।

सोचेअनुसार नतिजा दिन नसके पनि सरकार असफल भने नभएको प्रधानमन्त्री प्रचण्डले दाबी गरे । ‘मैले जति सोचेको हो त्यसरी भयो भन्ने मेरो दाबी छैन,’ उनले भने ‘गठबन्धनको सरकार हो । धेरै सीमा र अप्ठ्यारा हुन्छन् । सबैलाई मिलाएर लाने जिम्मेवारी पनि थियो ।’

सुशासन, सामाजिक न्याय, विकास निर्माणको कुरामा भने सरकार सफल भएको उनको भनाइ थियो । ‘सरकारले सामाजिक न्याय, मिटरब्याज पीडितका र नागरिकता समस्या हल गर्यो भ्रष्टाचार र सुशासनको पक्षमा यो स्तरको कहिल्यै छलफल भएको थियो ?, प्रतिप्रश्न गर्दै उनले थपे, ‘भू–माफियाका विरुद्ध कदम चालिएको छ । सरकार अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ऐतिहासिक रुपमा सफल छ ।’

126 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal