गाजामा इजरायलको आक्रमणमा मृत्यु हुनेको संख्या २० हजार पुग्यो

२०८० पुष ५ गते, बिहीबार

काठमाडौं । गाजामा इजरायलको आक्रमणबाट अहिलेसम्म २० हजार प्यालेस्टाइनी मारिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायलले गाजामा आक्रमण सुरु गरेको थियो । त्यसयता गाजामा कम्तीमा २० हजार प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

गाजामा द्वन्द्व सुरु भएदेखि ९एक साता लामो युद्धविराम बाहेक० दैनिक औसत ३ सय मानिसको मृत्यु भइरहेको यो तथ्याङ्कले देखाउछ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का क्षेत्रीय आपतकालीन निर्देशक रिचर्ड ब्रेननले मृत्यु हुनेको यो संख्यालाई विश्वासयोग्य ठानेका छन् ।

कुनै पनि रणभूमिमा मृतकको गणना गर्नु चुनौतीपूर्ण कार्य भए पनि पछिल्लो पटक प्राप्त तथ्याङ्क सत्यको नजिक रहेको बीबीसीले जनाएको छ ।

तर, गाजाका डाक्टरहरूले भने मृत्यु हुनेको संख्या अझै धेरै हुन सक्ने बताएका छन् । किनभने यो तथ्याङ्कमा बम विस्फोटबाट ध्वस्त भएका वा अस्पतालमा नपुगेका भवनहरूको भग्नावशेषमुनि पुरिएका शवहरू समावेश छैनन् ।

134 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal