झापामा हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु
झापा । एक महिनामा जङ्गली हात्तीको आक्रमणबाट झापामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो । आज बिहान पनि वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ ।
बिहान मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उनलाई हात्तीले कुल्चेर मारेको हो । यसैगरी, मङ्सिर १५ गते हल्दीबारी गाउँपालिका– ३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणमा मारिएका थिए ।
त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुईवटा हात्ती पनि मरेका छन् ।
डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ । (रासस)
ताजा
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





