मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
कृष्णा कुमारी खड्का, कलाकार
० अचेल के गर्दै हुनुहुन्छ ?
– कलाकारिता क्षेत्रमा लागेकीले आज भोलि म टेलिसिरियल, सर्टमूभी, म्युजिक भिडियोमा व्यस्त छु ।
० कलाकारिता क्षेत्रमा कहिलेदेखि लाग्नु भयो ?
– म २०६६ सालदेखि कलाकारिता क्षेत्रमा लागेकी हुँ ।
० कलाकारिता क्षेत्रमा कसको प्रेरणाबाट लाग्नु भयो ?
– म मेरो आफ्नो इच्छा र रहरले यो क्षेत्रमा आएकी हुँ ।
० यस क्षेत्रबाट यहाँलाई कत्तिको आत्मसन्तुष्टि मिलेको छ ?
– यो क्षेत्रमा आउँनको लागि मेरो अगाडि पछाडि कोही थिएन । म स्वत आफ्नै इच्छाले स्वविवेकले लागेको हुँ । जे होस यश क्षेत्रबाट आत्म सन्तुष्टि नै हो ।
० यहाँको विचारमा कलाकारिता क्षेत्र भनेको के हो ?
– मेरो बिचारमा कलाकरिता क्षेत्र भनेको आफू रोएर पनि अरुलाई हँसाउँने, नचाउँने र आफू मरेपछि पनि जीवितै रहने एउटा मन्दिर हो ।
० यहाँले अहिलेसम्म कुन–कुनमा अभिनय÷भूमिका निभाउनु भयो ?
– मैले ठूलो पर्दामा रंग बैजनी, कोरोना, समाली राख है, चोर पुलिस, छक्का पन्जा र अन्य धेरै चलचित्रमा काम गरे ।
० यहाँले अभिनय गर्नुभएको मध्ये कुनमा सबभन्दा बढी आत्म सन्तुष्टि मिलेको छ ?
– गर्न त मैले धेरै टेलिसिरियल र म्युजिक भिडियोमा काम गरें तर मलाई चिनाउने टेलिफिल्म कान्छी, भुन्टि, सौतेनी आमा लगायत अन्य धेरैमा सन्तुष्ट र खुशी छु ।
० यहाँले सँगै अभिनय गर्नु भएको मध्येमा कोसँग अभिनय गर्दा सबभन्दा बढी खुशी मिलेको छ ?
– मैले सँगै अभिनय गर्ने क्रममा आशा खड्का, टंंक खड्का, शिव शर्मा, शितल के.सी., रामचन्द्र अधिकारी, रमा थपलिया र लक्ष्मण बस्नेतलगायतसँग खुशी मिलेको छ ।
० यहाँले अभिनय गर्नु हुँदा सबभन्दा बढी कुन भूमिकामा अभिनय गर्नु भएको छ ?
– मैले सबै भन्दा बढी छुच्ची सासुको भूमिकामा अभिनय गरेकी छु ।
० कलाकारिता क्षेत्रलाई राज्यले कुन रुपमा हेरेको पाउनु भएको छ ?
– कलाकार राज्यको गहना भनिन्छ, तर कलाकारहरुलाई राज्यले कुनै पनि सेवा सुबिधा दिएको छैन ।
० कलाकारिता क्षेत्रलाई राज्यले के के गरिदिएमा राम्रो हुन्थ्यो जस्तो लाग्छ यहाँलाई ?
– कलाक्षेत्रमा राज्यले थोरै बजेट छुट्टयाएर लगानी गरेर रोजगार दिए कुनै कलाकार विदेश पलायन हुनुपर्ने थिएन र औषधि उपचार नपाएर अकालमै मर्नुपर्ने थिएन जस्तो लाग्छ ।
० यस क्षेत्रमा लाग्नु भई अभिनय गर्दाको कुनै अविस्मरणीय क्षण छ कि ?
– बुहारी सुत्केरी भएको बेलामा ढाँटेर गएको र पछि साथीले फोटो हालेर बुहारीले थाहा पाएर गाली खाएको र मलेसियामा स्टेज चढ्दा फुलि खसेर बिराज भट्टले जिस्क्याएको क्षण कहिल्यै भुल्न सक्दिन ।
० यहाँले गीत पनि गाउनु भएको छ, यस विषयमा केही प्रष्ट्याई दिनुहोस न ।
– मेरो पहिलो गीतको यात्रा मेरो मनको राजा र मेरि आमाको सम्झनामा आफ्नै कहानीमा र तिजको गीत सासू बुहारी,भजन बिर्से छोराछोरीले बोलको गीत साथै अन्य धेरै प्रत्येक्ष दोहोरी र अन्य धेरै गीतहरुमा निरन्तर काम गर्दैछु ।
० कलाकारिता क्षेत्र र गायन क्षेत्रमा के फरक पाउनु भयो ?
– कलाकरिता क्षेत्र र गायन क्षेत्र फरक छ तर मलाई दुबै मन पर्छ । साथै रमाइलो लाग्छ ।
० अन्तमा आफूलाई मनमा लागेका र भन्न छुटेका केही छ कि ?
– मैले कलाकारिता क्षेत्र बाहेक सामाजिक काम पनि गरेको छु, भुकम्पमा राहत बाड्न मेलम्ची गयौं, पहिरो जाँदा पनौतीमा देबकी सिग्देललाई खाने पानी खाद्यान्न र ४० वर्षदेखि पनौतीमा बेवारिसे हमालका परिवारलाई उद्दार गरेर रिमा सेवा समाज ल्याएको थिएँ । मैले ठूलो ठूलो आर्थिक सहयोग गर्न नसके पनि आफ्नो गाँस काटेर कसैको नाङ्गो भोको देख्न सकिन, चाहिन र सकेको सहयोग गर्दै आईरहेको छु ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





