राष्ट्रियताको आन्दोलन बारे

२०८० मंसिर २९ गते, शुक्रबार

सोमान सिंह तामाङ
नेपालमा राष्ट्रियताको आन्दोलन बारे बहस भईरहेको छ । राष्ट्रियताको बहस बारे दुई दृष्टिकोणमा आधारित भएर बहस भईरहेको छ । एउटा सर्वहारा वर्गीय दृष्टिकोण र दक्षिणपन्थी दृष्टिकोण हुन् । सर्वहारा वर्गीय दृष्टिकोणको राष्ट्रियता सम्पूर्ण मानव जातिहरूको एकता कायम राख्नु र मानव समाजमा रहेका विभेद शोषणको अन्त्य गर्नु रहेको छ । त्यो मानव समाजको हितमा छ । जसलाई हामी ऐतिहासिक द्वन्दात्मक भौतिकवादी दृष्टिकोण पनि भनिन्छ  । यो बैज्ञानिक पनि छ । दक्षिणपन्थी दृष्टिकोण व्यक्तिवादी, नश्लवादी, धार्मिक अन्धवादी समुदाय र जातिमा आधारित रहेको छ । यसले जहिले पनि मानव समाजलाई अनएकता, बिखन्डन र बिभाजन गरि रहन्छ । शोषण, उत्पीडन अमानता चाहे व्यक्ति, समुदाय, देश र राष्ट्रको नाममा कायम राखिरहनु यसका विशेषता हो । उदाहरणका लागि हिटलरको राष्ट्रवाद लिन सकिन्छ । हिटलरले नाजीहरूको संरक्षण र सम्बर्द्धन गरे भने यहुदीहरूको बिनास गरे । मध्यपूर्वी देश ईजरायल र पेलिस्टायन युद्ध यसका ज्वलन्त उदाहरण हुन् ।ईजरायलले मुश्लिमलाई तहसनहस गर्दैछ त्यो जम्मा जम्मी यहुदी राष्ट्रवादको लागि गरिदैं छन् । यस्ता उदाहरणहरू थुप्रै दिन सकिन्छ ।
नेपालमा राष्ट्रियताको आन्दोलन दुई दृष्टिकोणबाट गर्दै आएको छ । एउटा राजा भएर र अर्को बामपन्थी भएर । बामपन्थीहरूको पनि एउटा उग्र राष्ट्रवाद रहेको जुन राजावादीसँग मेल खान्छ । उनीहरूको अघोषित कार्यगत एकता पनि हुन्छ  । राजावादीहरूको भनाई यो राज्य शाह बंशले नै गरेको हो यसको वास्तविक हकदार र संरक्षक राजा हो । राजा विना राष्ट्रियता रहँदैन  । त्यसैले उनीहरू भन्दैछ “राजा आउ देश बचाउ ।“ उनीहरूको नारा नै छ “राजा आउ देश बचाउ ।“ उनीहरूको राजनीति वा कार्यनीति गणतन्त्र खारेज गरि राजतन्त्र पुनर्स्थापना गर्नु रहेको छ ।

राजावादीहरूले नेपालको सन्दर्भमा जति पनि राष्ट्रघात भएका छन्, राजतन्त्रको शासकीय भूमिका भएको बेलामा भएका छन् । जनताको छोरा छोरी शासकीय भूमिका भएको २०६३ देखि मात्र हो । त्यो भन्दा अगाडि राजाहरूको भूमिका प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहीआएको लुकेको छैन । अहिले पानी माथिको ओभानो बन्न जरूरी छैन । कुनै कुनै ईतिहासकारले त अझ नेपाल एकीकरण नै अंग्रेजहरूको आडभरोसामा गरेका थिए भनेका छन् । अंग्रेजले साथ नदिएको भए एकीकरण सम्भव थिएन । यसको मूल तथ्य नै गोरखा राज्य भन्दा अन्य राज्य शक्तिशाली थिए । भोलि तथ्यको आधारमा प्रमाणहरू जुट्दै जाला । के कुरा ईतिहासमा सत्य हो भने १९५०को भारतसँग भएको असमान सन्धि राजा त्रिभुवन गद्दीसिन भएपछि भएको थियो । कोशी र गण्डक सम्झौता त्रिभुवन र राजा महेन्द्रको पालमा भएको थियो । हालसम्म कालापानीमा भारतीय सेना बसीरहेका छन् ती राजा महेन्द्रको स्वीकृतिमा बसेको भन्ने कुरा उनकै प्रधानमन्त्रीले बताएका छन्  । राजाहरूको राष्ट्रवाद भनेको उनको सत्तालाई कायम राख्नु मात्र देखिन्छ ।

नेपालमा राष्टियता हल गर्ने विषयमा दुई धार प्रष्ट देखिन्छ ।राजावादीहरू र वामपन्थीहरूको धार  । राजावादीहरूको धारले आन्तरिक राष्ट्रियताका विषयमा अस्वीकार गर्छन् । त्यो कुरा उग्रवामपन्थीहरूको पनि हो । उनीहरूको बुझाई राष्ट्रियता बाह्य रूपमा मात्र हो भित्रको केही होइनन्  । उनीहरू आन्तरिक राष्ट्रिय एकताको कुरालाई बिखन्डनको संज्ञा दिएका छन् । जुन वामपन्थी भन्ने एउटा झुण्ड दिएका छन् । उनीहरूको त्यस प्रकारको सोचाई उग्रवामपन्थी सोचाई हुन् । राष्ट्रियताको सवालमा दक्षिणपन्थी सोचाइसँग मेल खान्छ । यी दुई सोचाईका कारण राष्ट्रियता झन धराप भएको कुरा लुकेका छैनन् ।

नेपालको आन्तरिक राष्ट्रियता भनेको यहाँभित्र रहेका आदिवासी जनजाति, मधेशी, उत्पीडित उपेक्षित छेत्रको जनसमुदाय, महिला र दलितलाई नीति निर्माण तहदेखि राज्यको हरेक अंगमा प्रतिनिधित्व नगराएसम्म राष्ट्रिय एकता कायम गर्न सकिँदैन । आन्तरिक राष्ट्रिय एकता कायम नगरीकन राष्ट्रियता बलियो बनाउन सकिँदैन । सबैलाई प्रतिनिधित्व गराउन समावेसी पूर्ण समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र आरक्षणको सिद्धान्तलाई अबलम्वन गरि कार्यन्वयनमा लानु पर्दछ । यही कुरा राजावादी र उग्रवामपन्थीहरूले बिरोध गरिरहेका छन् । उनीहरूले यसले राज्यको बिखन्डन हुने बताईरहेका छन् । यी अन्तर्विरोधहरूलाई बिदेशीहरूले खेलाई रहेका छन् । आन्तरिक राष्ट्रियता बलियो बनाई बाह्य हस्तक्षेपलाई रोक्नु नै नेपालको सन्दर्भमा सही राष्ट्रियताको आन्दोलन हुन्छ । यही नै बस्तुवादी र बैज्ञानिक हुन् ।
नेपाली राष्ट्रियताको पक्ष भनेको भूमि सम्बन्धि हो । नेपालको तीनतिर भारतले घेरेर रहेको छ । थुप्रै ठाउँमा सीमा मिचिएको र भूमि अतिक्रमण गरिएको समाचार आईरहेको छ । राजनीतिक स्तरमा बिरोधहरू पनि हुने गरेको छ । सिमानामा जनस्तरबाट प्रतिवाद भईरहेको छ । तर सरकारी स्तरमा यतिनै जमीन मिचिएको आधिकारिक धारणा ल्याउन नसक्दा पनि नेपाल र भारत स्तरमा बुद्धिजीबिहरूको एउटा टोली गठन गरिएको छ ।यसबाट प्रष्ट छ कि भारतले भूमि मिचिएको छ । कालापानीमा भारतीय सेना नै आएर बसेका छन् । जनताको दबाबका बीच केपी ओलीको पालमा नेपालको नक्शामा समेटेर संसदबाट अनुमोदन ग¥यो । नेपाल भरी चुच्चे नक्शा प्रयोगमा ल्याए तर भारत र चिन कुनै पनि मुलुकसँग कालापानीको भूमि नेपालको भूमिमा रहेको पुष्ट्याई समेतको नक्शा जारी गरेको जानकारी कसैलाई समेत नगरेकोले कालापानीको क्षेत्रको भूमि भारतमा नै रहेको नक्शा चिनले प्रकासित ग¥यो । यता नक्शा जारी गरेको कारणले केपीको भजन मण्डलीले केपी जति राष्ट्रवादी कोही नभएको भन्ने अववाह फैलाए आखिर चिनले जारी गरेको नक्शा र पत्रले केपीको नक्कली राष्ट्रवाद उदागों भयो । यता चिनले पनि पश्चिमतिर केही भूमि अतिक्रमण गरिएको समाचार बाहिर आयो त्यसको वास्तविक के हो बुझ्न सकेको छैन ।

जे होस छिमेकीबाट नेपाली भूमि अतिक्रमण गरेको सत्यता छ ।नेपालको अतिक्रमण भूमि नेपालको स्वामित्वमा ल्याउनु नेपालको कानुन अनुसार भोगचलन गर्नु राष्ट्रिय महत्वपूर्ण काम त्यो अहिलेसम्मको शासकले गर्न सकेका छैनन् । यो गर्नु प्रत्येक राष्ट्रवादी र क्रान्तिकारीको कर्तब्य हो ।

नेपालको राष्ट्रियता कमजोर हुनका अर्को कारण असमान सन्धि सम्झौताहरू हुन् । यस्ता सन्धि र सम्झौताहरूले नेपालको सार्वभौमिकता खतम् हुने, नेपालको अन्तर्राष्ट्रिय साख गिर्ने र नेपालको प्राकृतिक स्रोतसाधन शक्ति राष्ट्रको पोल्टामा जाने खातरा छ । त्यसैले यस खाले सन्धि सम्झौताहरू अनिवार्य खारेज गरिनु पर्छ । राष्ट्रियताको प्रश्नमा अर्थतन्त्र प्रधान रहेको छ । पराधिन अर्थतन्त्रका कारणले हाम्रो सबै प्रकारका राष्ट्रियता गुमिरहेको छ  । माथि उल्लेखित कार्य गर्न नसक्नुमा देशै चलाउन अरूको सहयोग बिना नसकेकोले आफ्ना कुरा राख्न समेत नेपालका शासक डराउँछन् । कुरा राख्न नसक्नेले मुद्दा उठाएर लड्ने कुरा परको कुरा हो । त्यसैले राष्ट्रिय अर्थतन्त्र बलियो नबनाई राष्ट्रियता बलियो बनाउँछु भन्नू मुर्खता हो ।

राष्ट्रिय अर्थतन्त्र बलियो पार्न अरू कुनै मुलुकको भर गरेर हुँदैन । आफ्नै बलबुत्तामा उभिनुपर्छ । त्यसका लागि त्यस प्रकारको व्यवस्था, नीति र कार्यक्रम त्यस कार्यक्रमलाई लागू गर्नसक्ने नेतृत्वले मात्र गर्न सक्छ । जनताले त्यो नेतृत्व प्रति पूर्ण विश्वास र नेतृत्वको आदेशलाई गोलबद्ध भई लागू गर्ने ठूलो परिणाम जनताको सक्रिय सहभागी, उपस्थिति र कार्यन्वयनको प्रतिबद्धताबाट मात्र सम्भव छ ।

के यो व्यवस्था र नेतृत्वबाट सम्भव छ र ? अहँ सम्भव छैन । किनकि यो व्यवस्था दलाली अरूको पिच्छ लग्गुपन व्यवस्था हो ।यसले साम्राज्यवाद र बिस्तारवादको सेवा गर्छ र देशभित्र दलाल, माफिया र नोकरशाहीलाई सेवा गर्दछ । दलाल, माफिया र नोकरशाहतन्त्र प्रतिनिधि पात्र मात्र अहिलेका शासक दलका नेताहरू उनीहरूको शासन उनीहरूको हातमा छैनन् । त्यो पुरानो शासकबाट सम्भव छ ? त्यो पनि छैन् । किन यहाँसम्म आउनुमा उनीहरूको पनि हात रहेको छ । त्यसैले नयाँ व्यवस्था, नयाँ नेतृत्व, नयाँ कानुन र जनताको सामन्तवादी चेतना, दास चेतना, अराजक कार्यशैली व्यवहारबाट माथि कर्मशिल, लगनशिल र अनुशासित जनताको चेतना निर्माण गरिनु पर्दछ । त्यो काम भनेको अहिलेको नेपालको अवस्था नयाँ जनवादी कर्यदिशाले पूरा गर्दछ । त्यो जनवादी क्रान्तिको वैज्ञानिक समजवादी चेतना भएका नेता, कार्यकर्ता र जनसमुदायले मात्र पूरा गर्न सक्छ । दक्षिणपन्थी दृष्टिकोण व्यक्तिवादी, नश्लवादी, धार्मिक अन्धवादी सामुदाय र जातिमा आधारित रहेको छ । यसले जहिले पनि मानव समाजलाई अनएकता, बिखन्डन र बिभाजन गरि रहन्छ । शोषण, उत्पीडन अमानता चाहे व्यक्ति, समुदाय, देश र राष्ट्रको नाममा कायम राखी रहनु यसका विशेषता हो । उदाहरणका लागि हिटलरको राष्ट्रवाद लिन सकिन्छ । हिटलरले नाजीहरूको संरक्षण र सम्बर्द्धन गरे भने यहुदीहरूको बिनास गरे । मध्यपूर्वी देश ईजरायल र पेलिस्टायन युद्ध यसका ज्वलन्त उदाहरण हुन । ईजरायलले मुश्लिमलाई तहसनहस गर्दैछ त्यो जम्माजम्मी यहुदी राष्ट्रवादको लागि गरिंदैछन् । यस्ता उदाहरणहरू थुप्रै दिन सकिन्छ ।

नेपालको आन्तरिक राष्ट्रियता भनेको यहाँभित्र रहेका आदिवासी जनजाति, मधेशी उत्पीडित उपेक्षित छेत्रको जनसमुदाय, महिला र दलितलाई नीति निर्माण तहदेखि राज्य हरेक अंगमा प्रतिनिधित्व नगराएसम्म राष्ट्रिय एकता कायम गर्न सकिँदैन । आन्तरिक राष्ट्रिय एकता कायम नगरीकन राष्ट्रियता बलियो बनाउन सकिँदैन । सबैलाई प्रतिनिधित्व गराउन समावेसी पूर्ण समानुपातिक प्रतिनिधित्वको सिद्धान्त र आरक्षणको सिद्धान्तलाई अबलम्वन गरि कार्यन्वयनमा लानु पर्दछ । यही कुरा राजावादी र उग्रवामपन्थीहरूले बिरोध गरिरहेका छन् । उनीहरूले यसले राज्यको बिखन्डन हुने बताईरहेका छन् । यी अन्तर्विरोधहरूलाई बिदेशीहरूले खेलाई रहेका छन् । आन्तरिक राष्ट्रियता बलियो बनाई बाह्य हस्ताक्षेपलाई रोक्नु नै नेपालको सन्दर्भमा सही राष्ट्रियताको आन्दोलन हुन्छ । यही नै बस्तुवादी र बैज्ञानिक हुन् ।

141 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal