एक्लो फूर्साङ
योगेश राल्फाली
नेपथ्यमा मेघ गर्जेको आवाज आईरहेछ । हावाहुरी चलिरहेछ एक तमास । कुईरी मण्डल छ बाहिरी वातावरण । समय दिनको ठीक ४ बजेको छ । छाना र पालिका जस्ताहरु उप्काउला झैं चलिरहेछ हावाहुरी । चिरविर–चिरविर आवाज निकाली रहेछ चराहरु विपत्तिका । जंगलको छेउमा घर भएकोले फूर्साङको कानमा हरेक पशुपन्छिको आवाज ठोक्किनु स्वभाविकै हो । बेला बखत बाघको जर्गन पनि सुनिन्छ नै । मृगका ख्वाङ–ख्वाङ आवाज त दिनहुँ हो । उमेर झण्डै ७० टेक्नै लागेको छ फूर्साङको । आफू भन्दा माथिका उमेर पाकाहरु आमा, बुवा, दाजु सबै अघि लागि सके । बाँकी फूर्साङ मात्रै ।
उमेरमा समाजसेवा गर्दैमा वित्यो फूर्साङको । विद्यार्थी जीवनदेखि नै समाजसेवामा नशा चढेको थियो फूर्साङको । पढाइमा भएकोले अब्बल चारैतिर चर्चा थियो उसको । विद्यालयमा खुब चर्चा थियो फूर्साङको । कथा १ देखि १० सम्म कहिल्यै दोश्रो हुन परेन उसले । एस.एल.सी.मा पनि पहिलो श्रेणीमा सजिलै उत्तीर्ण ग¥यो उसले । एस.एल.सी. पछि भने उसले पढाईतिर भन्दा पनि समाजसेवातिर बढी ध्यान केन्द्रित गरे । हरेक प्रकारका मुद्दा माल्लाहरु फूर्साङकोमा नै आउँथ्यो । जति बेला पनि जो कोहीलाई आपत विपत परेमा फूर्साङकोमै आइपुग्थ्यो । हरेक समस्याहरु सहज रुपमा समाधान गर्ने ल्याकत थियो फूर्साङको । अरुको समस्या समाधान गर्न खोज्दा मुखभरीको भनाईहरु पनि खेप्नुपर्थ्यो कहिलेकाहिँ । अरुको खातिर भनाईहरु खानुपर्दा मुसुमुसु हाँसी मात्रै रहन्थ्यो फूर्साङ । अन्त्यमा निष्कर्षसहित बोली फुर्थ्यो उसको ।
एक दिनको कुरा हो । पल्लो गाउँको दोर्जेले चेम्राङको भक्तेको बुढी टप्काएछ । भक्ते चेम्राङको लागि मूर्खमा अति मूर्ख । उसले नपिटेको मान्छे गाउँमा सायदै होला । कसैले ठाडो शीर गरी उसको मुखमा हे¥यो कि, किन मलाई आँखा तरिस भन्दै हानी हाल्थ्यो । उसले नहिर्काएको मान्छे गाउँमा थिएन । पसल चोकतिर भक्तेको स्वर सुन्यो कि सबैजना आ–आफ्नो बाटो लाग्ने गर्छन् । कुनै कुनै केसमा कसै न कसैलाई पिटेर उ चौकी गईरहन्थ्यो । आइन्दा अब मान्छेलाई पिट्दिन, हिर्काउँदिन भनेर कागज गरेको ठेली नै छ चौकीमा उसको नामको ।
तर उसको बानीमा कहिल्यै सुधार आएन । छरछिमेककाले उसको पछाडि कहिल्यै राम्रो दृष्टिले हेर्दैनथे । श्रीमती नकुटेको दिन थिएन । स–साना कुराहरुमा पनि श्रीमती माथि हात हालिहाल्थे भक्ते । लोग्नेको पिटाईले दिनानुदिन रोगी बन्दै गएकी भक्तेकी श्रीमती प्रज्ञाले एकपटक लिएको जीवनमा कति अन्याय सहेर बस्नु भनेर दोर्जेसँग दोश्रो विवाह गर्ने निर्णय गरिछे र टाप कसिछे । दोर्जे पनि दुई सालदेखि श्रीमती वितेको वियोगमा थिए । जिन्दगीका बाँकी मात्रा एक्लै कसरी हिँड्यौ भनेर सोचिरहेका दोर्जेलाई प्रज्ञाको साथ जु¥यो र भइपरी आउने समस्यासँग लडौंला भनेर दोर्जेले प्रज्ञालाई टप्काए । दोर्जे र भक्तेको गाउँभरी चर्चा चल्यो, अब भक्ते मूर्खले दोर्जे मार्छ भनेर । दोर्जे थियो फूर्साङको गाउँको । स्वास्नी लाने जारलाई भक्तेले के छाड्ला भन्ने हल्ला छ गाउँभरी ।
भक्तेको गाउँमा पनि काइला भिजार भद्रभलाद्मी थिए र उनैले भक्ते र दोर्जेको जारको समस्या मिलाउने जुक्ति निकाले । एकदिन काइला मिजार भक्ते र अरु चारजना गाउँले लिएर फूर्साङ भेट्न गए । काइला मिजार र भक्तेको टोली घरमा आउने वित्तिकै फूर्साङले कुरा बुझि हाले । काइला मिजारहरुलाई चकटी–गुन्द्री बिछ्याउन दिएर चर्पी गएजस्तो गरेर छिमेकी आले कान्छालाई दोर्जे र प्रज्ञा घरमा भए लुक्न भन्न पठाए । अनि मिजार काइलालाई के कति कामले आएको भनि सोधनी गरे । पहिले आफूले जुन शंका गरेको थियो दोर्जे र प्रज्ञाको विषयमा कुरो ठ्याक्कै मिल्यो । “अर्काको बुढी त ल्याउनु नहुने बज्याले“ भनेर गाली गरी टोपले फूर्साङले । “तैपनि ल्याई हाले मिलाउनु पर्ला नि काइला मिजार“ भन्दै कुराको मेसो निकाले फूर्साङले ।
केही समय सरसल्लाह गर्दै सबै जना लागे दोर्जेको घरतिर । मूर्ख भक्ते दोर्जेको घरमा पुग्ने वित्तिकै घरको पाली र छानातिर हान्न थाले । मिजार काइलाले गाली गर्दै थमथमाए भक्तेलाई । घरमा दोर्जे र प्रज्ञा त थिएन, अघि नै भगाई सकेका थिए फूर्साङले । घरमा भक्तेको आमा बुवा मात्रै थिए । अर्काको श्रीमती ल्याएपछि विगो बमोजिम जार तिर्ने चलन परम्परा छ समाजमा । समाजमा चलेको चलन अनुसार कुराकानी भयो दोर्जेको आमा बुवासँग ।
भक्ते एकलाख घटी नमान्ने भन्दै उफ्री रहे तर मिजार काइला र फूर्साङ भने यो मुद्दा जसरी पनि मिलाउने दाउमा रहे । दोर्जेले ३० हजार भने जार तिर्न भनेरै ठीक पारेर बाउलाई राख्न दिएका रहेछन् । कुराकानी चल्दै गए चर्काचर्की पनि भयो । दोर्जे नभेटेसी विचरा भक्तेले आमा बुवालाई के नै गर्नु थियो र । छलफल चल्दै चल्दै जाँदा ‘खुकुरीको धार मार्नुपर्छ’ भन्ने समाजको चलन अनुसार तीसै हजारमा कुरा मिल्यो । तीस हजार जार बुझेर मिजार र भक्तेको टोली फर्कियो घरतिर ।
फूर्साङ यस्तै यस्तै दुनियाँको समस्याहरु समाधान गर्दै हिँड्दा हिँड्दै ७० औं वसन्त टेकी सके तर अरुको बारेमा सोच्दा सोच्दै, अरुको सेवा गर्दा गर्दै आफ्नो बारेमा भने केही गर्न सकेन । भनौं भने उसले विवाह पनि गर्न भ्याएन । एक्लो जीवन विताउँदैछ उ अचेल । हात खुट्टा त बसिसकेको छैन तर पनि परिवारमा एक्लो छोरा उ । भएको एक्लो दाई पनि अविवाहित हुँदै विते । आमा विते, बा बिते । बुढेसकालमा साहारा कोही छैन फूर्साङको । एक्लै पकाउछ खान्छ उ । दिनमा दुईचार जना भेटघाटमा आउँछन् गाउँलेहरु । उनीहरुसँग आफूले विवाह नगरेर गल्ती गरेको गुनासो पोख्छन् अचेल ।
विवाह गरेको भए बुढेसकालमा सहारा दिने मान्छे हुन्थे । छोरा छोरी नाती नातिना हुन्थे भनेर दुखेसो पोख्ने गर्दछन् फूर्साङ अचेल । छिमेकका गोरेले फूर्साङको एक्लो अवस्था देखेर उमेर अनुसारको मिल्ने जोडी खोजी नगरेको पनि होइन तर भने जस्तो कहाँ मिल्थ्यो र बुढेसकालमा । फूसार्ङमा विगतको जस्तो रवाफ पनि हराउँदै गएको छ । ७ दशकसम्म त जिन्दगीलाई डो¥याउँदै ल्यायो उसले । बाँकी दिन कसरी बिताउलान् विचरा एक्लो फूर्साङले । जवानी जति सबै समाजसेवामा विताए । अब फूर्साङको सेवा कसले गरी देला । उसको रेखदेख कसले गर्ला उ थला पर्दा । विछ्याउन पर्दा विचरा एक्लो फूर्साङ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





