कलाकार देशका अभिन्न अंग हुन– निशा श्रीस मगर

२०८० मंसिर २९ गते, शुक्रबार

बुबा जंग बहादुर बुढा मगर र आमा गौमाया भुजेल मगरको कोखमा वि.सं. २०४१ मंसिर १७गतेका दिन बागलुङ जिल्ला गलकोट नगरपालिका–१० रमुवा विकट गाउँमा जन्मेकी हुन निशा श्रीस मगर । अत्यन्तै विकट र ग्रामीण भेगको एउटा सानो गाउँमा जन्मि आँटो, ढिडो, साग र सिस्नो खाँदै, डाँडाकाडा खेल्दै हुर्किएकी हुन निशा श्रीस । मेलापात गर्दा रेडियो बोकेर हिँड्ने रिल र चक्काको त्यो जमानामा नारायण रायमाझी, राजु परियार, बिमा कुमारी दुरा, शर्मिला गुरुङका गीतहरु औदी सुन्ने गर्नुहुन्थ्यो निशा । बनपाखा, उकाली ओराली, घाँस दाउरा गर्दा गाउँदै हिड्ने निशा खर्सुको रुँखमा चडेर खुट्टा हल्लाउँदै गीत गाउनु हुन्थ्यो ।


यसै क्रममा एकल लोकगित प्रतियोगितामा भाग लिई पहिलो पटक दोस्रो र दोस्रोपटक प्रथम हुन सफल हुनुभयो गायिका नपशा । त्यसपछि आफूलाई हौसला त मिल्यो तर ७ वर्षको उमेरमा जन्मदिने आमाको न्यानो काख खोसिएर टुहुरि बन्नुभयो नपशा । सांगीतिक क्षेत्रमा पारिवारिक साथ कसैको नहुँदा एउटा राम्रो गायिका बन्छु भनेर जुन देखेको सपना थियो समय र परिस्थितिसँगै सबै सपनाहरू अधुरै हुन पुग्यो । सानै उमेरमा बिवाह गरेर सानै उमेरमा आमा बन्न बाध्य बन्नुभयो, बिस्तारै बच्चाहरु हुर्किएदै गएपछि बच्चाहरुले नै गायन क्षेत्रमा निरन्तरता दिनुपर्छ भनेर सल्लाह सुझाव र साथ दिएपछि लामो समयपछि आफूले रुचाएको क्षेत्रमा निरन्तरता दिनुभयो निशाले । कला गीत संगीत भनेको आफूभित्र भएको कलाप्रतिभा र क्षमतालाई शब्द संगीत मार्फत, मनोरञ्जन, खुशी, प्रेम अनि पीडा बिसाउने एउटा चौतारी बताउने गायिका नपशा समाजमा भईरहेको यथार्थ या काल्पनिक घटनाहरुलाई शब्द संगीत मार्फत सकारात्मक सन्देश प्रवाह गर्ने भएको बताउनु हुन्छ ।

पहिलो सांगीतिक यात्रा “मगरकि छोरी“ शब्द सिर्जनाबाट सुरु गर्नु भए लगत्तै धेरै गीतहरु गाउँने अवसर पाउनु भएको बताउने गायिका निशा मगरकि छोरी युटबमा करिब ५३ लाख दर्शकहरुको माया पाएपछि धेरै हौसला मिलेको बताउँनुहुन्छ । आफ्नै शब्द सिर्जना अनि अभिनयमा “सुक्यो डाली“ दर्शक सामु ल्याए पश्चात् आफ्नो सिर्जना साथै अरुको सिर्जनामा आवाज दिएको गितहरु “मायाले पागल हुने बनायो“, “आमाको सम्झना“, “पाण्डपखानी शिरमा रमुवा“, “सारगिं रेटेसि“, “गलकोट बजारमा“, “पानी मिठो मुलको“, “डोको बुन्ने चोयाले“, “हावा चल्यो सरर“, “सासु बुहारी“, “बाईबाई भन्नू पर्छ“, “सुसेली“, “भुनभुन भमरा“, र “कुरा बुझन“ जस्ता कैयौं गीतहरुमा पर्दछ ।

यो कला क्षेत्रबाट केही कलाकारहरु मात्र स्थापित भएर जिबिका निर्वाह गरिरहनु भएको र अधिकांश कलाकारहरु यो क्षेत्रबाट साँझ बिहान हातमुख जोर्न धौधौ भएर बिदेश पलायन भएको कुरा दिनको घाम झैं सबैको सामु छर्लङ्ग भएको बताउने गायिका निशा यस क्षेत्रमा मनोरंजन अवश्य भएको तर बाँच्न गा¥हो र धेरै संघर्ष झेल्नुपर्ने बताउनुहुन्छ ।

नेपालमा कलाकारलाई राज्यपक्षबाट आजसम्म केही साथ सहयोग नभएको, बास्तवमा संगीतमा दशकौं साधना, त्याग तपस्या गरेर आफ्नो व्यक्तिगत सम्पत्ति बेचबिखन गरेर गीत संगीत मै लगानी गरेका त्यस्तै थुप्रै दिग्गज कलाकारहरु जोगी समान भएर हिड्नु परेको उदाहरण दिनुहुँखै गायिका निशा कलाकारलाई राज्यले बिरामी पर्दा उपचार खर्च साथै संगीत क्षेत्रमै स्वरोजगार दिनपर्ने विचार अघि सार्नुहुन्छ ।

कलाकार भनेको देशको गहना होईन जो श्रीङ्गार गर्दा लगाईन्छ अत्यावश्यक पर्दा बेचिन्छ । कलाकार त देशका अभिन्न अंग हुन, जो सिङ्गो जिन्दगी कलासंगीतमा त्याग गरेर देशको लागि योगदानमा समर्पित हुन्छ । तर बिडम्बना “हाम्रो देशमा हिरा चिन्दैनन, झुसिलकिरा पालेर राख्छन् ।“ भन्नू हुन्छ उहाँ ।

गायिका निशाले आफ्नो सिर्जना साथै अरुको सिर्जनामा आवाज दिएको गितहरु “मायाले पागल हुने बनायो“, “आमाको सम्झना“, “पाण्डपखानी शिरमा रमुवा“, “सारगिं रेटेसि“, “गलकोट बजारमा“, “पानी मिठो मुलको“, “सुक्यो डाली“, “डोको बुन्ने चोयाले“, “हावा चल्यो सरर“, “सासु बुहारी“, “बाईबाई भन्नू पर्छ“, “सुसेली“, “भुनभुन भमरा“ र “कुरा बुझन“ जस्ता कैयौं गीतहरुमा आवाज दिईसक्नु भएको छ ।

राज्यबाट कलाकारहरु प्रति चासो चिन्तन नभएकोले कलाकारिता पेशागतबाट बाँच्न नसक्ने स्थिति भएपनि अबको लक्ष्य भनेको राज्यबाट कलाकारको निमित्त कलाकारको मूल्य मान्यता र साथ सहयोग भईदिए गीत संगीत मार्फत देशप्रति उत्तरदायी भएर योगदान दिएर विश्व सामु नेपाल र नेपालीको शिर उच्च राख्ने आफ्नो मुख्य उदेश्य रहेको बताउनुहुन्छ निशा । सांगीतिक क्षेत्रमा आउँन चाहने नयाँ कलाकारहरुलाई संगीतमा साधना गरेर संगीत बुझेर, आवाजलाई माझेर, आफै सिर्जना गर्न सक्ने सक्षम भएर मात्र आउन र यस क्षेत्रमा निरन्तर संघर्ष, साधना, धैर्यता, लगनशीलता, सहनशीलता, मेहनती, परिश्रमी, मिलनशार हुन अत्यन्त आवश्यक रहेको बताउँदै आगामी दिनमा गीत संगीत बाहेक अन्य व्यवसायिक पनि बनेर आउँंदा राम्रो हुने सुझाव राख्नुहुन्छ गायिका निशा ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal