वर्तमान सरकारबाट काँग्रेसहरु आजितः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् ।
बिहीबार महाकाली(मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सत्तामा रहेका काँग्रेसका नेताहरू नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे । उनले काँग्रेसका नेताहरू अहिले नै वि।सं। २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे । उनले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए । उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए ।
उनले भने, ‘हामीले परिकल्पना गरेको नै समृद्ध नेपाल र सुखी नेपाली हो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने सन्दर्भमा हामीले मिसन ०८४ भनेका छौँ । त्यो मिसन ८४ जनताको मिसन ८४ हो । नेकपा एमालेले भनेको, नेकपा एमालेले नेतृत्व गरेको हो । तर मिसन ०८४ नेपालको मिसन ०८४ हो । नेपालीको हो । यो देशमा एउटा राष्ट्रिय शक्ति मजबुत भएन भने, यो देशमा सुशासन र विकासको पक्षमा जनशक्ति भएन भने, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन सकेनौँ भने देश बर्बाद हुँदैछ । दिनदिनै देश ओराले लागिरहेको छ । नेकपा एमालेको सरकार बलजफ्ती देशी, विदेशी शक्तिबाट ढाइ वर्षअघि हटाइएपछि त्यस यता देशको अवस्था अत्यन्त नाजुक हुँदै गएको छ । यो अवस्थालाई रोकेर नेपाली काँग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर । किनभने नेपाली काँग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन् । राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर । सबैमा चिन्ता छाएको छ ।
ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबार
काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना
२०८१ फाल्गुन २६ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत
२०८१ फाल्गुन २५ गते, आईतवार
साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र
२०८१ फाल्गुन २५ गते, आईतवार
भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप
२०८१ फाल्गुन २५ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार