काँग्रेसमा गगन–विश्व र प्रदीपको नयाँ धार
काठमाडौं । आगामी नीति अधिवेशनमा काँग्रेसमा नयाँ धार जन्माउने प्रयास शुरु गरिएको छ । जसका लागि गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको स्वर एकजुट हुन थालेको छ । १४औं महाधिवेशनमा डा. शेखर कोइरालाको टीमबाट महामन्त्री बनेका थापा पछिल्लो समय पार्टी रुपान्तरणको विचार अगाडि बढाउनेहरुसँग नजिकिएका छन् भने डा. शेखरसँग गगनको अविश्वास बढेको छ । शेखर–गगनको अविश्वासले संस्थापन ईतरपक्ष कमजोर बनेको जानकारहरुले बताएका छन् । ईतरपक्ष कमजोर हुँदा सभापति शेरबहादुर देउवाको एकलौटी चुलिएको छ ।
आशा गरिएका वरिष्ठ नेता कोइराला र महामन्त्री थापाबीच दुरी बढ्दा कार्यकर्ताहरु बेचैन बन्न पुगेका छन् । गत संसदीय दलको परिणामबाट शेखर–गगनवीच चुलिएको असन्टुष्टि कोशी प्रदेशमा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि थप चुलिन पुगेको छ । १५औं महाधिवेशन आउन अब २ वर्ष मात्र बाँकी छ । १५औं महाधिवेशनमा देउवालाई सभापति बन्न विधानले दिँदैन । त्यसैले देउवाले एकचोटी २०८४ को चुनावभन्दा अगाडि प्रधानमन्त्री बन्ने सपना देखेका छन् । यता देउवालाई अभिभावक भएर बस्न महामन्त्री थापाले सुझाएका छन् । काँग्रेसमा परम्परागत देउवा गुटलाई भत्काएर नयाँ धार जन्माउने अभियानमा जुटेका गगन–विश्व र प्रदीपको समूहले युवाहरुलाई समेटेर नेतृत्व गर्ने तयारी गरेका हुन् । काँग्रेसमा दोश्रो पुस्ताका नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको राजनीतिमा खिया लागेको अवस्था छ । डा. शेखरले पनि पार्टी सञ्चालनमा खासै भूमिका निभाउन सकेका छैनन् । काँग्रेसमा नेताहरु नसच्चिएर सकिने निश्चित छ । कसैलाई नचिढ्याई आफ्नो मिसनमा अलमल नगरी अगाडि बढ्ने महामन्त्री थापाको रणनीतिमा सारथी बनेका शर्मा र पौडेलजस्ता युवा नेताहरुको एकजुटले काँग्रेसमा आशा र विश्वास बढेको छ ।
पछिल्लो समय डा. शेखरलाई पछि पार्दै महामन्त्री थापा पहाडी जिल्लाहरुको भ्रमणमा निस्किएका छन् । आगामी १५औं महाधिवेशन अगाडि देशैभरी डुलेर माहोल बुझ्ने र १५औं महाधिवेशनमा नेतृत्व लिने सोंचमा थापा रहेको काँग्रेस श्रोतले बताएको छ । काँग्रेसमा युवा धारको नेतृत्व गर्न तम्सिएका महामन्त्री थापा विपक्षी कित्ताले समेत पछ्याएका नेता हुन् । काँग्रेसमा गगन–विश्व र प्रदीपको जमघटले जनताको अवस्था पनि परिवर्तन हुने बताइएको छ । जसका लागि युवा नेताहरुले पार्टी भित्रका पुराना नेताहरुलाई हस्तक्षेप गरी अगाडि बढ्ने तयारीमा जुटेका छन् । यता आज र भोलि काँग्रेसले लुम्बिनी प्रदेश सम्मेलन गर्दैछ ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





