कहिल्यै नब्यूँझने गरि निदाईन म्हारम्हेन
योगेश राल्फाली
खाइबा र थासा ब्लेकी म्हारम्हेनको विवाह भएको आज उनीले बाटोभरी आँखा विछ्याएर श्रीमानको बाटो कुरेको ठ्याक्कै दोब्बर भयो । म्हारम्हेनले श्रीमान् आउने प्रतिक्षामा दिनहरु विताएको वित्यो ठ्याक्कै एक दशक । यसको मतलब विवाह बन्धनमा बाँधिएर एक बीसा पुग्यो । एउटै विद्यालयमा पढेका ती दुईबीच विद्यार्थी जीवनमै चिठ्ठी साटासाट गर्दागर्दै माया प्रेम बसेकोले तात्कालीन समयमा एसएलसी उत्तीर्ण लगत्तै दुबै घरपरिवारको सरसल्लाह र राजीखुशीमा झ्याई–झ्याई बाजा बजाई मागी विवाह भएको थियो ।
विवाह भएको दुईचार साल खुब खुशीका साथ खाइबा र म्हारम्हेनको घरपरिवार चलिरह्यो । विवाह पश्चात सन्तानको रहर कुन जोडीलाई नहोला र ? कुन घर परिवारलाई नहोला र ? विडम्बना घरपरिवारको ठूलो इच्छा र चाहना अनुसार म्हारम्हेनबाट सन्तान हुन सकेन । एकान दुकान मैदान हुँदाहुँदै खाइबा र आमा बुवाबाट सन्तानको रहर व्यक्त हुँदै गयो । आमा बुवाको रहरलाई पुरा गर्ने हर तरहले कोशिस गर्दै खाइबाले श्रीमतीलाई सन्तानको इच्छा व्यक्त गरे । श्रीमती म्हारम्हेनले पनि सन्तानको रहर आफूलाई पनि कहाँ नभएको हो र ? सन्तान कोखमा नबसेपछि आफूले कसरी पाइदिने भन्दै आफ्नो कोखको कमजोरीको विषयमा दुखेसो पोखिन् । दिनहरु वित्दै गए सन्तानको रहर पुरा गर्न खाइबाले श्रीमती म्हारम्हेनलाई लिएर अस्पताल गएन कि ? झाँक्री कहाँ गएन कि ? ज्योतिषीकोमा गएन कि ? सन्तान प्राप्तिका लागि । तर कहीँ कतैबाट सन्तानको इच्छा पुरा हुने हेकछन्द देखिएन । अब बिस्तारै खाइबाको जोडीबीच र घरपरिवारमा कलह शुरु हुन थाल्यो । छरछिमेकले पनि सन्तान एउटा जन्माउन सकिनस् तँ हुतिहारा भन्दै खाइबालाई जिस्काउनेको संख्या बढ्न थाल्यो । छरछिमेकले जिस्केका हुन तर खाइबाको जिन्दगीमा भने बज्रपात बर्षन थाल्यो ।
हरेक प्रश्नको जवाफ र जीवनका तनावले अब दिनप्रतिदिन दुःख भुलाउने नाममा हरियो पर्दा भित्र छिर्न थाल्यो खाइबा । विवाह बन्धनमा बाँधिएको त्यत्रो वर्ष जाँड रक्सीको गन्ध थाहा नभएको खाइबा हरियो पर्दा भित्र छिरेर दुःखसँग गिलास साट्न थालेपछि घरकलहमा आगोमा घ्यू थले सरी भयो । अब त त्यो परिवारमा झैझगडा नभएको दिन भएन । रक्सी सेवन गरेर नसाको तालमा खाइबाले बेहोसमा म्हारम्हेनलाई कुटपिट पनि गर्न थाल्यो अब । घर छिमेकका कुरा सुनेर तँ बाँझी आइमाई भन्दै कुट्न पिट्न थालेको पनि महिनौ बित्यो ।
म्हारम्हेनको आँसु नबगेको दिन रहेन । सन्तान नहुनुमा बिचरी म्हारम्हेनको के दोष ? अस्पतालले त सन्तान नहुनुमा म्हारम्हेनमा भन्दा खाइबामा कमजोरी छ भनेर त पठाएकै हो । तर खाइबाले बुझे पनि घरपरिवार र छरछिमेकले नबुझी दिँदा खाइबाले पनि डाक्टरको कुरामा भन्दा छरछिमेकीको कुरा यही मान्न थाले ।
दिनहुँ यातना सहेकी म्हाम्हेनले बरु दोश्रो विवाह गर्न पनि सुझाइन खाईबालाई तर खाईबा भने एकबारको जिन्दगीमा निसन्तान बस्न तयार तर दोश्रो विवाह गरेर मायामा धोका नदिने भने । खाइबाको परिवारमा कलहको ज्वाला रोक्ने केही उपाय निस्किएन । जुक्ती निकाली दिने छिमेकी नि कोही भएन । दिनहुँको घर झगडाले मानसिक रुपमा कमजोरी हुँदै गएकी खाइबाकी आमाले पनि नाती नातिना हेर्ने रहर गर्दागर्दै सामान्य ज्वरो आएको निहुँमा प्राण त्यागी । अब त झन खाइबाको परिवारमा कलहभित्र दुःख थपियो । एकअर्काप्रति लैला मजनू झैं नमूना जोडी बनेर समाजमा उदाहरण जस्तै बनेका खाइबाको आमा बुवा जब आमाको एक्कासी मृत्युपछि त्यही सुर्ताले, त्यही पीरले आमा बितेको एक हप्ता नबित्दै बुवा पनि विहान विछ्याउनमा मृत भेटिए । सायद बुवाको हृदयमा भुल्नै नसकिने, सहनै नसकिने गहिरो चोट परेरै होला । बुढाथोकीको एक हप्ताको अन्तरमा मृत्युु भएपछि समाजमा खुबै तारिफ हुन थाल्यो कि त्यति मिल्ने जोडीमा साँच्चै एक हप्ताको अन्तरमा मृत्युु हुनु साँच्चैको चोखो माया रहेछ भनेर ।
दुःख पछि दुःख थपिँदा खाइबाको गिलासमा पनि रक्सी थपिँदै गयो । होसमा वा बेहोसमा वा रक्सीको मातमा जसोतसो तामाङ ह्रिमठिम अनुसार–संस्कार अनुसार आमा बुवाको घ्यावा त गरे खाईबाले । काजक्रिया त गरे । तर दुःख पीडाको ज्वालामा थपिएको रक्सीको रापले खाइबा जल्दै जान थाल्यो । मनमा ज्वाला पछि ज्वालामुखी विष्फोट भएर हो वा अन्य कारणले आमा बुवा बितेको महिना दिनपछि, घ्यावा सकेको हप्तादिन पछि रक्सी ठ्याक्कै मुखमा हाल्न छाड्यो खाइबाले । जब रक्सी पीउन छाड्यो खाइबाले तब श्रीमती म्हारम्देनलाई गाली गर्ने र पिट्न पनि छाड्यो । सासु ससुरा वितेको दुःखको बीच पनि खाइबा सुध्रिएकोमा म्हारम्हेनको मनमा भने खुशी छायो ।
तर रक्सी पिउन छाडेर के गर्नु ? खाइबाले पहिलेको जस्तो बोल्न भने छाड्यो । एकोहोरो टोलाउने कसैले बोलाउँदा छोटोमा जवाफ फर्काउने र मुस्किलले दुई गाँस खाना निल्ने गर्न थाल्यो । रक्सी पिउने गर्दाको भन्दा त अनुहारमा केही चमक त बढ्दै गयो खाइबाको । तर म्हारम्हेनमा कतै श्रीमान् बाइवा पनि आमा बुवाको सुर्ताले सँगै जाने त होइन ? भन्ने चिन्ताले घर जमाउन थाल्यो । दिनहुँ जसो आलोपालो गरी आई छरछिमेकीले सम्झाउन थाले खाइबालाई । प्रतिउत्तरमा ‘अँ, हो, हुन्छ, भईहाल्छ नि’ र टाउको हल्लाई बाहेक जवाफमा केही आउँदैन थियो खाइबाको । म्हारम्हेनले पनि खाइबालाई पहिलेको अवस्थामा पु¥याउन बलबुँदाले भ्याएसम्म सम्झाउने फकाउने कोशिस गरिन् । तर उसको प्रतिउत्तर सदाबहार उस्तै आउन थाल्यो । जसरी रक्सी छाडेको छ त्यसरी नै पुनः पहिलेकै अवस्थामा आउलान नि भन्ने झिनो आशा भने बाँकी छ म्हारम्देनमा । कतै अस्पताल लगेमा ठिक भइहाल्छ कि भने सोची म्हारन्देनले । ऋणपात गरेर भए पनि एकपटक अस्पताल लैजाने एकल निर्णय गरी म्हारम्हेनले ।
तर दुःखको कुरा एकदिन सखारै एका बिहानै घर्लक्क ढोका खोलेर बाहिर निस्के खाइबा । चर्पीमा गाको होला भन्ने सोची म्हाल्दनेले । एउटै ओछ्यानमा रातभर सुतेर निस्किएका खाइबा सेकेण्ड, मिनेट हुँदै घण्टा वित्यो फर्केर आएन । रक्सी पिउन थालेदेखिन माया प्रेमका कुरा गर्न छाडेको खाइबाले त्यो रात भने अलि माया प्रेम देखाउन थालेका थिए खाइबाले । र त आज धेरै खुशी थिई म्हारम्देन । उज्यालोको झोक्कासँगै अँध्यारो चिर्दै निस्केको घाम पनि झण्डै एक जुवा आकाशी सक्यो तर खाइबा फर्केनन् । विहानको खाजा ठिक पारीवरी म्हारम्हेन श्रीमान् खाइबा खोज्न छरछिमेकमा पुगे कतै अत्तोपत्तो छैन । छरछिमेकले पनि खाइबा खोज्न साथ दिए । छिमेकका प्रत्येक घर खोजे कतै भेटिएन । अब भने म्हारम्देनको मनमा चिसो पस्न थाल्यो कतै आत्महत्या त गरेनन् ?
म्हारम्देले मात्रै होइन छरछिमेकीले पनि त्यही शंका उपशंका गर्दै घर गोठ खोज्दा पनि कतै नभेटिएपछि नजिकका बनपाखा र जंगलतिर खोज्न केन्द्रित भए सबैजना । कसैले खाइबा भन्दै कसैले के भन्दै, साइनो अनुसार बोलाउँदै सम्पूर्ण बनपाखा एकएक गरी चाहारे । कतै छैन । त्यत्रो मान्छे एक्कासी सियो हराए जसरी हराए । खोज्दाखोज्दै हैरान मात्रै होइन भोकले लखतरान भए सबैजना । घडीको सुइले १२ बजेर ४५ मिनेटमा छोइसकेको थियो । सबैको सल्लाह अनुसार भोक लागेकोले खाना जाने र त्यसपश्चात कोही पल्लो, ओल्लो, तल्लो र माथ्लो गाउँतिर त कोही अझै खेतबारी, बनपाखामा थप खोज्न जान सल्लाह गरी घर–घरमा फर्के । खानापछि दिउँसो अढाई बजेपछि अघिको सल्लाह बमोजिम खटिए सम्पूर्ण गाउँले । म्हारम्देन पनि निन्याउरो मुख लिएर त्यही समूहमा मिसिए । घण्टासँगै दिन वित्यो कतै भेउ पाएन खाइबा गएको । साँझ छिप्पेपछि सबै घरघर फर्किए । बोइमो र नाङ्साललाई म्हारम्हेनसँग सुत्न पठाए छिमेकीले उ एक्लै छे भनेर ।
एकपछि अर्को दुःखको खात लागेपछि निन्द्रा त के पर्थ्यो र ? बोइमो र नाङ्सालले धेरै सम्झाए तर पनि खाइबा बेपत्ता भएको सुर्तामा म्हारम्हेनको आँसु रोकिएन । सम्झाउँदा सम्झाउँदै बोइमो र नाङसाल निदाए । म्हारम्हेन रातभर जाग बसिन श्रीमान् हराएको पीडामा । अब उज्यालो हुन्छ छिमेकी जम्मा भएर पुनः खोज्ने सल्लाहसँगै प्रहरी र सञ्चारजगतलाई सबैतिर खाइबा हराएको खबर पु¥याए । सबैले आ–आफ्नो बलबुँताले भ्याएसम्म खोज्ने काम भयो । अहँ, कतै फेला परेन खाइबा । दिनहरु बित्दै गए, खोज्ने क्रम जारी रह्यो । तर पनि खाईबा घर फर्केर आएनन् । खाइबा बेपत्ता भएदेखि म्हारम्हेनको आँसु रोकिएन । हप्ता दिनपछि छरछिमेकीले कर लाई–लाई थोरै जाउलो खुवाई दिए म्हारम्हेनलाई । एक्ली म्हारम्हेन खोज्न कहाँ जानु खाइबालाई ? एक्लै घरमै बसी रुनुको विकल्प थिएन । छिमेकीले पालैपालो बेलुका सुत्न छोरी चेलीहरु साथी पठाईरहे । म्हारम्हेन प्राय जागै बस्थिन् ।
खाइबा हराएको महिनौ बित्यो । कसै कसैले पोखराको पृथ्वीचोक र बुद्धचोकतिर म्हारम्हेन ! म्हारम्हेन ! भन्दै कराउँदै र छिनछिनमा जोडजोडले हाँस्दै हिँडेको खबर आउँछ । कसै कसैले चितवनको टाँडीतिर त कसैले हेटौडाको संगमचोकतिर म्हारम्हेन ! म्हारम्हेन ! भनेर कराउँदै हिँडेको खबर आउँछ । म्हारम्हेन भनेर बोलाउने गर्दा मात्रै खाइबा हो कि भन्ने शंका हो तर मान्छे पुरै कालो न नकालो, मैलो च्यातिएका लुगा लगाई हिँडेकाले होइन भन्ने लागेको खबर आउँछ । खबर अनुसार खाइबाको मानसिक सन्तुलन गुमेको अड्कल काट्छन् गाउँलेहरु तर म्हारम्हेनको पीडा माथि झन थप पीडा थपिन्छ भनेर उनलाई त्यसो नभनि खोजे जस्तो गर्छन् छिमेकीहरु । म्हारम्हेन दिनहुँ एकोहोरो रोई रहनाले अब त उनी पनि शिथिल बन्दै गइन् । जब रात पर्छ खाटमा बसी एकोहोरो खाईबाले खोलेर गएको ढोकातिर खाईबा आउला कि भनेर आँखा विछ्याई रहन्छे प्रतिक्षामा ।
दिनमा भने घरी बारीतिर घरी घरको चोटा तलमाथि गर्दै बिताउँछिन् म्हारम्हेन । म्हारम्हेनको पनि हालत खराब हुँदै गएकोले छिमेकीले बस्तु भाउ पनि विस्तारै बेचिदिँदै पैसा म्हारदेनको हातमा थमाउँछन् । तर अब मलाई यो पैसा के काम भन्दै एकोहोरो रोइरहन्छिन् म्हारम्हेन । हदै भएपछि माइताबाट बेलाबेला आएर हेर्ने र माइली बहिनी स्याल्गरलाई साथी पठाइदिन्छन् । दिनहरु वित्दै गए । म्हारम्देनले खाइबा आउने आशामा बाटोभरी आँखा विछ्याई रहिन् । म्हारम्देनको अब हाड छाला र श्वास मात्रै बाँकी छ ।
खाइबा बेपत्ता भएर पनि दुई महिना वितेछ । एकदिन एक्कासी पानी बर्सियो रातभर । एउटा खाटमा म्हारम्हेन र अर्को खाटमा बहिनी स्याल्गर । म्हारम्हेन छिनछिनमा ढोका खोल्दै बाहिर हेर्दै गर्न थाली । बहिनी स्याल्गरलाई भने पानी कत्रो परेको भनी हेरेकी होली भन्ने लाग्यो । उनी दिदीको क्रियाकलाप हेर्दाहेर्दै निदाई । तर म्हारम्देन भने गाह्रो भएर छट्पटाई रहन्छिन् । जति नै गाह्रो भए पनि म्हारम्हेनले बहिनीलाई केही भनिनन् । खाईबा आउने बाटो कुर्दाकुर्दै छट्पटाउँदै मझेरीमा ढलिन र प्राण त्यागिन म्हारम्देनले । बिहानीपख उज्यालो भई स्याल्गर ब्यूँझिदा म्हारम्हेन मझेरीमा ढलेकी देखेर अत्तालिँदै दिदी ! दिदी ! भनी बोलाइन् स्याल्गरले तर बोलिनन् म्हारम्देन । रुँदै स्याल्गरले छिमेकी र माइतीघर सबैलाई खबर गरिन् । एकएक गरी सबै जना जम्मा भए म्हारम्हेनको घरमा । म्हारम्देनको मृत्यु देखेर सबैले चुकचुकाए । आँसु नझार्ने कोही भएन । समाजको लागि खुशीको एउटा नमूना परिवार एकपछि अर्काे पीडा र घटनाहरु झेल्दै समाप्त भयो । पीडै पीडाको खात मनभरी बोकेर आफ्नो खसम आउने प्रतिक्षामा बाटो कुर्दाकुर्दै सदाको लागि अस्ताईन म्हारम्हेन । अब कहिल्यै नब्यूँझने गरि निदाईन म्हारम्हेन ।
ताजा
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवार
महावीर पुन मन्त्री बन्दै
२०८३ जेष्ठ २६ गते, मंगलवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





