बालेनले गाडीमा जान रोक लगाएपछि राष्ट्रपतिदेखि प्रधानन्यायाधीश हिँडेरै पुगे इन्द्रजात्रा हेर्न

२०८० आश्विन ११ गते, बिहीबार

काठमाडौं । इन्द्रजात्रा अवलोकनका लागि विशिष्ट व्यक्ति पैदलै हिँडेर वसन्तपुर पुगेका छन् । इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर जान महानगरले गाडी प्रवेशमा रोक लगाएपछि बिभिन्न विशिष्ट व्यक्ति पैदलै हिँडेर वसन्तपुर पुगेका हुन् ।

त्यसक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित मन्त्रीहरू पैदल नै वसन्तपुर पुगेका हुन् ।

काठमाडौँ, ११ असोज
हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख वालेन्द्र शाह । तस्बिर : रत्न श्रेष्ठ/रासस

महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा गत असारदेखि सवारीसाधन प्रवेशमा रोक लगाएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत स्थल भएको भन्दै महानगरले गाडी प्रवेशमा रोक लगाएको हो ।

काठमाडौँ, ११ असोज
हरेक वर्ष काठमाडौँको हनुमानढोका दरबार परिसरमा मनाईने इन्द्रजात्रा अन्तर्गत जीवित देवी कुमारी, गणेश र भैरवको रथ जात्रा अवलोकनकालागि हनुमाढोका प्रवेश गर्ने क्रममा सभामुख देवराज घिमिरे । तस्बिर स् रत्न श्रेष्ठररासस

राष्ट्रपतिलाई जुद्ध शालिकदेख कुमारी घरसम्म गाडीमै लैजाने तयारी गरिएको भएपनि मेयर बालेन शाहल असहमति जनाएपछि पैदलै हिँड ।

इन्द्रजात्राको मुख्य दिन बिहीबार राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने प्रचलन छ ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’

२०८३ आश्विन १६ गते, शुक्रबार

भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न

२०८३ आश्विन १६ गते, शुक्रबार

बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील

२०८३ आश्विन १२ गते, सोमबार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८३ आश्विन १२ गते, सोमबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार

छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना

२०८३ आश्विन १२ गते, सोमबार

देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध

२०८३ आश्विन १२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal